कैलालीको गोदावरीमा नेकपा ( एमाले) भित्रको सकस अलि खुकुलो भएपछि जरा केन्द्रित अभियानमा एमालेका स्थानीय नेताहरू सामुहिक रूपमा देखिएका छन् ।वडा नम्बर -४ मा आज सबै नेताहरूको बाक्लो उपस्तिथि थियोे ।
केही दिन अघिको जरा केन्द्रित अभियानमा नगर कमिटीले विभिन्न वडामा अगाडि बढाउन खोजेपनी उपस्थित को समस्या हुँदै आएको थियो । गोदावरीमा बिगत देखि नै एमाले भित्र ३ उप - गुट सकृय छ ।
मुल नेतृत्व तिनै समुहले पार्टी सचिब एबम सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टलाई मान्ने गरेका छन् । तर तल उप-गुटहरु भने सकृय नै छन् । बिगतमा पुर्ब मेयर हरि सिं साउँदले चलाउने गुट अहिले जिल्ला कमिटी सदस्य गणेश जिमि साउँदले कमान्ड गर्न थालेका छन् । हरि सिंले अहिले ग्रुप फेरेको चर्चा छ । हरि सिँले अहिले अर्को आननद- नैन सिँ कार्की समूह संग हिमचिम बढाएका छन् । तर जिमि समुहले यो बिषयमा औपचारिक मुख खोलेको छैन ।
जिमि निकट एक नेताले भने ,' अहिले त्यस्तो केही छैन ।अलि अलि समस्या जस्तो हो , मेयर साप हाम्रो नेता हुन , तर गुट फेरेको अलग समुह बनाएको हामिलाई थाहा छैन । तर उहाँलाई बनाउन हाम्रो योगदान भएको भने निश्चित हो । '
अर्को गुट प्रदेश कमिटी सदस्य गोकर्ण भट्टको नेतृत्वमा चल्दै आएको छ । केही नेताहरू उनको समुहमा पनि सकृय नै छन् । नगर कमिटी सचिब बिक्रम बिष्ट गोकर्ण निकट नेता हुन ।
अहिले को नगरकमिटी अध्यक्ष सन्तोष सिँह हरि सिँ निकट हुन । तर पनि हरि सिँ ले टिम फेरेपछि सन्तोष समूह नगर कमिटी को बैठकमा अल्पमतमा परेका छ। जसको प्रभाव केही दिन अघि बसेको नगरकमिटी को बैठकमा परेको स्रोत को दाबी छ । उक्त बैठकमा नगरकमिटीले कुनै निर्णय गर्न सकेन ।
गोदावरी मा समस्या भएपछि केही दिन अधि पार्टी इन्चार्ज लेखराज भट्ट संग पार्टीका केन्द्रिय सल्लाहकार सदस्य हरि सिँ साउँद,कैलाली इन्चार्ज नारदमुनि राना , गोदावरीका अन्य नेताहरुले भेटेका छन् ।
पार्टी भित्रको आन्तरिक समस्या मिलेर समाधान गर्न इन्चार्ज भट्टले सबैलाई निर्देशन दिएपछि स्थानीय नेताहरू वडा केन्द्रित जरा अभियानमा जोडिएको स्रोतको दाबी छ ।