अत्तरिया साना शहरी खानेपानी तथा सर- सफाइ उपभोक्ता संस्था का स्व. अध्यक्ष टीका दत्त जोशीको १३ औँ दिनको पुण्य तिथिको अबसरमा शोक सभा आयोजना गरिएको छ ।
संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रम को आयोजना गरेर शोक सभा गरेको हो । जोशीको ६८ बर्ष को उमेरमा गत १५ गते राती सेती अस्पतालमा निधन भएको हो ।
शोक सभामा सहभागीहरुले स्व .जोशीको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा गोदावरी -४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल , सल्लाहकार हरिकृष्ण पाण्डे , उपाध्यक्ष शेर बहादुर बिष्ट , महासचिव महादेब भट्ट , टिकापुर खानेपानीका कार्यबाहक अध्यक्ष सृजना शर्मा पण्डित लगाएतले जोशीले समाज र खानेपानी संस्थाको बिकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताए ।
आज नै संस्थाले स्व जोशीको परिवारलाई किरिया र उपचार खर्च बाफत रु ३ लाख १० हजारको चेक हस्तान्तरण गरेको छ ।
को हुन् जोशी
स्व.टीका दत्त जोशी डोटीको मुडभरामा २०१३ सालमा जन्मिएका हुन । हाल उनको बसोबास गोदावरी -४ बसन्तपुरमा थियो । जोशी यस क्षेत्रमा कांग्रेसका संस्थापक नेता हुन ।

सामाजिक कार्यमा सकृय जोशी खानेपानी संस्थामा २ कार्याकाल अध्यक्ष बने । यस्तै सामुदायिक अध्यन केन्द्र (सिएलसी) अत्तरियाको अगुवाई पनि उनले नै गरेका हुन ।सरल स्वभाबका धनी जोशी यस क्षेत्रमा सामाजिक अगुवाको रूपमा परिचित थिए ।
खासगरी सामुदायिक बन तथा सामाजिक संस्थाको बिधान प्रतिबेदन लेख्नु पर्यो भने जोशीको खोजी हुने गर्दथ्यो ।

कांग्रेसको राजनीतिमा लामो समय बिताएर पनि उनले खासै लाभको पद लिन सकेनन् ।