काठमाण्डौं – सरकारले धनगढी र महेन्द्रनगर नाकाम विषादी परीक्षण गर्नका लागि उपकरण राख्ने तयारी गरेको छ । विभागको खाद्य आयात, निर्यात गुणस्तर प्रमाणीकरण गर्नका लागि नाकामा विषादी परिक्षण उपकरण राखिने भएको हो । देशैभरीका १२ नाकामा बिषादी परिक्षण उपकरण राख्ने तयारी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनाएको छ ।
विभागको खाद्य आयात, निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा उक्त उपकरण राखिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । भारत र नेपालको नाकामा ९ वटा उपकरण राखिने छ भने चीन र नेपालको नाकामा २ वटा उपकरण राखिने उनको भनाइ छ ।
सुदूरपश्चिमका महेन्द्रनगर र धनगढी संगै काकडभिट्टा, विराटनगर रानी भन्सार, जलेश्वर, वीरगञ्ज, भैरहवा, कृष्णनगर र नेपालगञ्ज गरी ९ वटा उपकरण राखिने छ । त्यसैगरी, चीन र नेपालको रसुवा र तातोपानी गरी २ वटा नाकामा र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १ वटा उपकरण राखिने प्रवक्ता महर्जनले जानकरी दिए ।
‘उपकरण राख्न टेण्डरका लागि प्रक्रिया अघि बढिसक्यो’, प्रवक्ता महर्जनले भने, ‘केही दिनभित्रै टेण्डर आह्वान गर्छौं ।’ भन्सार बिन्दुमा विषादी परीक्षण केन्द्र राखे व्यवसायीलाई नमूना लिएर टाढा जान नपर्ने महर्जन बताउँछन् । अहिले सुदूपश्चिममा बिषादी परिक्षणका लागि सीमाबाट अत्तरिया आउनु पर्ने बाद्यता रहेको छ ।