कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको बताएका छन् ।सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्न धनगढी पुगेका सभापति देउवाले सो कुरा बताएका हुन् ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले काठमाडौंमा राजसंस्था पक्षधरहरूले निकालेको र्यालीको विषयमा राखेको जिज्ञासाबारे सभापति देउवाले राजतन्त्रको पक्षमा महोल सिर्जना हुँदैछ भन्ने हल्लामात्र भएको बताए ।
उनले भने , “राजतन्त्रको विषयमा मलाई थाहा छैन, अनावश्यक हल्ला हो, मलाई केही थाह छैन ।’’
यस्तै उनले नेपालको आन्तरिक राजनितिमा कुनै बाह्य हस्तक्षेप नभएको समेत स्पस्ट पारे । उनले पार्टीको महाधिवेशन पनि समय मै हुने दाबी गरे ।
देउवाले भने - 'अहिलेको गठबन्धन सरकार ०८४ सम्म जान्छ । केहि समस्या हुँदैन ।'
सम्मेलनमा सहभागी हुन उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता बालकृष्ण खाण, कृष्णप्रसााद, सिटौला, एनपी साउद, ससांक कोइरालालगायतका नेताहरू आज धनगढी आइपुगेका छन् ।