कैलालीको अत्तरियामा रहेको सृजनशील युवा क्लबले आयोजना गरेको ‘सिवाईसी स्पोट्र्स लिग’ अन्तर्गतको क्रिकेट प्रतियोगिताको उपाधि सिवाईसी हाटखोली गाजरीले हात पारेको छ ।
आईतबार सम्पन्न भएको फाइनल खेलमा हाटखोली गाजरीले सिवाईसी नायल ताललाई ४८ रनले पराजित गर्दै उपाधि माथी कब्जा जमाएको हो ।
फाल्गुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा हाटखोली गाजरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरमा गाजरीले १३७ रनको योगफल खडा गर्दै नायल ताललाई १३८ रनको लक्ष्य दिएको थियो ।
जवाफी इनिङमा नायल तालको टोली १७.५ ओभरमै ८९ रनमा अलआउट भएको थियो ।यस्तै फाइनल प्रतियोगितामा टीम गाजरीका दीपेन्द्र गौतमले २३ बलमा २८ रन बनाउँदै जितको आधार तयार गरेका थिए ।
टीम गाजरीका नवीन धामीले ३ ओभर बलिङ गर्दै ११ रन दिएर ३ विकेट लिएका थिए । टीम गाजरीका योगेश भट्टले ४ ओभर बलिङ गर्दै २७ रन दिई २ विकेट लिएका थिए ।
साथै, १९ बलमा २३ रन बनाउँदै फाइनलको म्यान अफ द म्याच घोषित भएका थिए ।यस्तै टीम नायल तालका सुरेश खड्काले प्रतियोगिता अवधिभर २५२ रन बनाउँदै ८ विकेट लिएका उनले म्यान अफ द सिरिज (उत्कृष्ट खेलाडी) को उपाधि जितेका थिए ।
विजेता टोली सिवाईसी हाटखोली गाजरीलाई ट्रफी सहित ५० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।
उपविजेता टोली सिवाईसी नायल ताललाई २५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।