चैत ७ गते हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई चैतन्य पाठशालाले साथ दिएको छ ।
‘शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मान’को अवधारणा बोकेको धनगढीस्थित पाठशालाले अवार्डलाई सहप्रायोजकका रुपमा साथ दिएको हो ।
प्रायोजन सम्बन्धी सम्झौतामा पाठशालाका प्राचार्य प्रेमनिधी ओझा र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपकप्रसाद उपाध्यायले हस्ताक्षर गरे ।
सम्झौतापछि पाठशालाका अध्यक्ष अध्यक्ष गणेशप्रसादएसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्डलाई चैतन्य पाठशालाको साथ जोशीले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताउँदै सफलताको शुभकामना दिए ।
यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेको छ । यस्तै अवर्डाको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ ।
छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।