नेकपा एमालेका सचिब लेखराज भट्टले पार्टी नेतृत्व समक्ष सत्य कुरा नपुर्याउने प्रवृत्तिले पार्टी भित्र समस्या पैदा हुने गरेको बताएका छन् ।
प्रेस चौतारी सुदुरपश्चिम प्रदेशको अधिबेशनलाई आज धनगढीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
' नेतृत्व समक्ष कुरा लगाउने र गलत कुरा पुर्याउने प्रवृत्ति मुख्यतया समस्या हुने गरेको छ । जे सत्य हो, जे ग्राउन्डमा छ, त्यो कुरो जहाँ पुर्याउँदा नि हुन्छ । तर अनावश्यक र अनर्गल कुरा पुर्याउनु हुन्न,'उनले भने ।
सुदुरपश्चिम इन्चार्ज समेत रहेका भट्टले पार्टी बनाउने हो भने हरेकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
उनले भने,' अहिले पार्टी भित्र के प्रवृत्ति छ भने वडाले नगरलाई देखाउँछ , नगरले जिल्लालाई , जिल्लाले प्रदेशलाई, प्रदेशले माथिल्लो कमिटी हुँदै सचिबालयलाई देखाउने गरेका छन् । अनि हामी सचिबालयका सदस्य हामी पनि के कम त्यो शव गर्ने पार्टी अध्यक्ष हुन भन्न थाल्यौं । अनि आफुले केही गर्नै नपर्ने अरुले मात्रै दोष दिएर हुन्न ।'
भट्टले गौरबशाली पार्टी गौरबशाली संगठन मात्रै भनेर नहुने त्यसको लागि साँच्चिकै गौरबशाली काम गर्नुपर्ने बताए ।
उनले पार्टी भित्र पद लिन दौडधुप गर्ने तर पद पाएपछि काम नगर्ने प्रवृत्ति बढेको बताए । भट्टले पार्टी भित्र को आन्तरिक एकता बलियो नभएसम्म बाह्र शक्ति सम्न लडन नसकिने जिकिर गरे ।
केपी शर्मा ओलीको मृत्युमा प्रचण्डले जीवन देख्न थालेपछि नेकपा को बिभाजन भएको उल्लेख गर्दै भट्टले भने - 'अरुको जिबनमा जीवन देख्नुपर्ने ठाँउमा प्रचण्डले ओलीको जिबनमा मृत्यु देखेपछि आफुले प्रचण्ड को साथ छोडेको बताए । '