धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ मा समूह डी अन्तर्गतको पहिलो तथा प्रतियोगीताको सातौं खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको छ ।
भिमदत्त नगरपालिकाले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुराम नगरपालिकाले पूरा ओभर ब्याटिङ गर्दै ८ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । पर्शुराम नगरपालिकाका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए । दिल बहादर बोहराले ३४ रन बनाए । ओपनर ब्याटर अर्जुन बिकले १६ रन बनाए । भिमदत्त नगरपालिकाका लागि सन्तोष भट्टले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्तोषले १ मेडन राख्दै ११ रन खर्चेका भट्टले ४ विकेट चट्काए । भट्ट म्यान अफ दी म्याच चुनिए । समिर बिस्ट र अरुण ऐरीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्त नगरपालिकाकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । भिमदत्तका लागि सन्तोष भट्टले सर्वाधिक ३२ रन बनाए । त्यस्तै अन्तिम तिर ब्याटिङ गर्न आएका किरण चन्दले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । नितेह बिस्टले २७,अभिषेक थापाले २० तथा अरुण ऐरीले १९ रन बनाएका छन । भिमदत्तका लागि प्रकाश पाण्डेय,साजन बिटालु र समिर बिस्ट रनआउट भए । पर्शुराम नगरपालिकाका लागि अर्जुन बिकले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका अर्जुनले १ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट चट्काए । त्यस्तै टेक थलालले २ तथा कृष्ण बिस्टले १ विकेट लिए ।
समूह ए बाट गोदावरी नगरपालिकाको टिम र समूह बी बाट पुनर्वास नगरपालिका बी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।
लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।