उधोग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफू सरकारमा कुन जोनमा रहने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहने बताएका छन् ।
आज धनगढीमा आओजित पत्रकार सम्मेलनमा तपाईं अहिलेको सरकारमा सेफ जोनमा हो कि डेन्जर जोनमा भन्ने प्रश्नको जबाब दिँदै उनले भने,' अब यो प्रधानमन्त्रीको हातमा छ । हामी प्रधानमन्त्रीय प्रणालीमा छौँ । अब सरकार संग हाम्रो मन्त्रालयले गरेको एमओयु अनुसार नै काम गरिरहेका छौँ । हामीले परिभाषित र सम्झौता बाहिर रहेर अतिरिक्त काम पनि गरेका छौँ ।'
यस्तै मन्त्री भण्डारीले यहाँ को प्रदेश राजधानी को कार्यान्वयनको बारेमा छलफल शुरु भएको बताए । उनले भने,' त्यो बारेमा सबै पक्ष संग छलफल भएको छ र छिट्टै निर्णय प्रक्रियामा जान्छ । न्यायिक निकायमा केही उल्झ्न भएकाले समास्या आएको हो ।'
अमेरिकाले बजेट कटौती गरेपछि नेपालका ठुला परियोजनामा प्रभाव पर्छ त भन्ने पत्रकार हरु को जिज्ञासा मन्त्री भण्डारीले भने,'
केही समस्या त हुन्छ नै बजेट कटौती हुँदा । सरकारको अर्ध बार्षिक समिक्षामा नि यो कुरा आएको छ । लामो समय सम्म त प्रभावित हुँदैन स्रोतको खोजी गरेर ब्यबस्थापन गरिन्छ ।'
मन्त्री भण्डारीले संसद्को जारी अधिवेशनमै अध्यादेश पेस गरेर पारित गर्ने तयारी रहेको बताए ।
‘संसद्को अधिवेशन सुचारु छ । हामीले थुप्रै विधेयक प्रस्तुत गरेका छौं र, पारित पनि भएका छन् । सरकारले ल्याएको अध्यायदेश पनि संसद्मा प्रवेश पाउँदैछ,’ भण्डारीले भने, ‘सहमतिमै अध्यादेश पारित हुने तयारी भइरहेको छ ।’
मन्त्री भण्डारीले सेती प्रादेशिक अस्पताल गाभेर भए पनि कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सुरु हुने बताए ।
‘सेती प्रादेशिक अस्पताललाई जोडेर भए पनि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन गरिसक्नु भएको छ’, उनले भने ,'कैलालीको गेटामा झन्डै ७ अर्बको संरचना बनिसक्दा पनि त्यहाँ न चिकित्सा शिक्षाको अध्यापन हुन सकेको छ, न त्यहाँ राम्रो अस्पताल नै सञ्चालन भएको छ ।'
उनले दोधाराचाँदनीमा निर्माणको प्रक्रियामा रहेको सुख्खा बन्दरगाहको पनि भारत सरकार ठेक्काको अन्तिम चरणमा रहेको समेत बताए ।