कैलालीको धनगढीमा आज बिहीबारदेखि सीप तथा राेजगार मेला सञ्चालन हुने भएको छ ।
धनगढी उपमहानगरपालिकाकाे आयाेजनामा सीप तथा राेजगार मेला सञ्चालन हुने भएकाे हाे ।धनगढीस्थित खुला मञ्चमा सञ्चालन हुने मेलाकाे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नेछन् ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमाेद पाठकले ९ जिल्लाका ४७ स्थानीय तहबाट चार हजार आठ सय ३० जनाले आवेदन दिएकाेमा ३९ पालिकाका एक हजार ४० जना तालिममा छनौट भएकाे बताए ।
सहभागीहरूलाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने पाठकले बताए । तालिम चैत १५ गते (४० दिन) सम्म सञ्चालन हुनेछ ।
जसमा ३० दिन विभिन्न विधामा सिप मुलक तालिम, ५ दिनसम्म जिवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने २ दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबिच अन्तक्रिया गरिने धनगढी उपमहानगरपालिकाले जनाएकाे छ ।
युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने, स्वदेशमै रोजगारका अवसर पाउनका लागि दक्ष जनशक्ती तयार गर्ने, युवाहरुलाई दक्ष बनाई स्व उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि उत्प्रेरित गर्ने मेलाकाे मुख्य उदेश्य रहेकाे पाठकले बताए ।
मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशक्ती बिच रोजगारीका लागी अन्तरक्रिया गराउने तथा सम्बन्धित रोजगारको लागि ओजीटी गराइनेछ ।
मेलामा अटाेमाेबाईल,निर्माण, आथित्य/सत्कार, इलेक्ट्रिकल र मेकानिकल, सूचना प्रविधि, शैक्षिक, स्वास्थ तथा साैन्दर्य, आर्ट एण्ड क्राफ्ट डिजाइनिङ विधामा सीप सिकाइनेछ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गाेपाल हमालले उपमहानगरपालिकाले सीप तथा राेजगार मेलाकाे सुरूवात गरेपनि प्रदेश सबै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मिलेर प्रत्येक वर्ष सञ्चालन गर्नुपर्ने बताए ।
नगर प्रमुख हमालले सुदूरपश्चिमका नौ वटै जिल्लामा पालैपालो मेला सञ्चालन गरि मागमा आधरित सीप सिकाउने अवधारणा रहेकाे बताए ।