कांग्रेस सांसद तुलसी देबकोटा सुदुरपश्चिम प्रदेश सभाको बिषेशाधिकार समितिको सभापति बनेकी छन् ।
उनको एकल उम्मेदवारी परेपछि सभापति आइतबार नै उनलाई घोषणा गरिएको थियो । उनले पद तथा गोपिनियता को सपथ लिएकी छन् । संसदीय पद्धतिमा समितिहरुको महत्त्वपूर्ण भुमिका हुने गर्दछ। तर यो बिशेषाधिकार समिति भने नयाँ र दलहरूको भागबन्डा मिलाउन बनाएको समिति हो ।
कैलाली क्षेत्र नम्बर -४ बाट उनी समानुपातिक सांसद बनेकी थिइन् ।कांग्रेस राजनीतिमा उनी युबा अवस्था देखि नै सकृय हुन।
समानुपातिक सांसद बनाउन उनलाई कांग्रेस नेत्री हालकि परराष्ट्रमन्त्री आरजु देउबा को महत्त्वपूर्ण सहयोग रहेको थियो ।
संसाद वीर बहादुर बलायरले पनि देबकोटालाई बलियो साथ दिएका थिए । सभापतिमा निर्बाचित भए लगत्तै देबकोटा कांग्रेसका पुराना नेता दिर्घराज भाटलाई भेटन उनकै निवास गोदावरी -३ मालिका टोल पुगेकी थिइन् ।
भाटलाई गोदावरीमा अधिकांश कांग्रेस नेताहरूले आफ्नो आदर्शको रूपमा मान्ने गरेका छन् । उनी निर्बाचित भएपछि उनका समर्थकहरुले खुशियाली मनाई रहेका छन् ।
को हुन देबकोटा
बि.स २०२३ पौष २३ गते वुवा मान सि. भण्डारी तथा आमा दुर्गाको कोखवाट डोटीमा जन्मिएकी तुलसी देबकोटा हाल गोदावरी - १ कि बासिन्दा हुन ।सहकारी, सामुदायिक वन क्षेत्रबाट उनी राजनीतिमा प्रबेश गरेकी हुन् ।
एक समय देबकोटा संग चार वटा सामुदायिक वनको अध्यक्ष भएर काम गरेको अनुभव छ। जसमा ऐश्वर्य महिला सामुदायिक बन २०६१, वनदेवी महिला सा.व २०५८, पञ्चवटी महिला सा.ब २०५७ र प्रशंसा महिला सामुदायिक वन उपभोक्ता समूह (२०५५) गरी संस्थापक अध्यक्ष भएर उनले काम गरिन् ।
त्यसपछि उनले सहकारीहरु को नेतृत्व पनि गरिन् । गेटामा रहेको विश्वज्योति महिला विकास बहुउद्देश्यीय संस्थाको अध्यक्ष रहेर पनि उनले लामो समय नेतृत्व गरिन । जहाँ स्थानीय महिलाहरुको नेतृत्व गर्ने ठूलो अबसर रहेको थियो ।सामुदायिक बनहरुको जिल्ला महासंघको पनि नेतृत्व देबकोटाले गरिन् ।
देबकोटा २०४८ मा काँग्रेसको साधारण सदस्य,२०५२ नेपाल महिला संघको साधारण सदस्य, २०६० मा गेटा गाँउ कार्य समिति उपाध्यक्ष,२०६२ क्रियाशिल सदस्य, २०६२ मा नेपाल महिला संघं गेटा गाउँ कार्य समिति उप -सभापति, २०६२ नेपाल महिला संघ क्षेत्र नं. ४ को क्षेत्रिय सदस्य,२०७१ मा नेपाल महिला संघ जिल्ला कार्य समिति सदस्य ,२०६६ मा काँग्रेस क्षेत्र नंं ४ को सल्लाहकार, २०७१ मा महिला संघको महाधिवेशन प्रतिनिधि,२०६८ मा काँग्रेस कैलालीको प्रशिक्षण विभाग सदस्य तथा प्रशिक्षक , २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदार, २०७७ मा काँग्रेस कैलालीको सल्लाहकार , २०७७ मा काँग्रेस महिला विभागको सुदूरपश्चिम संयोजक , २०७८ मा काँग्रेस कैलाीबाट महाधिवेशन प्रतिनिधि भएर काँग्रेसको संगठन विस्तार र सुदृढीकरणमा भूमिका निर्वाह गरेकी छन् ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि उनी २०७९ पुस १५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।