मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश धनगढी शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले धनगढीमा सञ्चालन गरेकाे महायज्ञबाट ४ कराेड ८३ लाख रूपैयाँ बराबरकाे दान संकलन भएकाे आश्रमले जनाएकाे छ ।
एक हप्तासम्म सञ्चालित महायज्ञमा सुदूरपश्चिमबासी मनकारी दाताहरूकाे उत्साहजनक सहभागीतामा महायज्ञ सम्पन्न भएकाे छ । महायज्ञकाे अन्तिम दिन बुधबार भने ४७ लाख रूपैयाँ संकलन भएकाे मानवसेवा आश्रम वित्त विभागले जनाएकाे छ ।धनगढी शाखाकाे भवन निर्माण गर्न सुरू भएकाे महायज्ञमा सहभागी दाताहरूले गक्षअनुसारकाे दान गरेर धन, मन, तनकाे त्रिवेणीबाट सहयाेग गरी सहयाेगापेक्षी सडकआश्रित सुदूरपश्चिम प्रदेश बनाउन थप टेवा पुर्याएका छन् ।
महायज्ञमा बुधबार धनगढी उपमहानगरपालिका-५, कैलाली निवासी प्रकाश नारायण भण्डारीले स्वर्गीय बुवा डिल्ली राजभण्डारी स्वर्गीय आमा गणेश कुमारी भण्डारी, स्वर्गीय लिलादेवी भण्डारीको स्मृतिमा भवन निर्माण गर्ने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे छ । कञ्चनपुर निवासी हिक्मतबहादुर ठकुराठीले स्वर्गीय बुवा कृष्ण सिंह ठकुराठी र स्वर्गीय आमा शोभादेवी ठकुराठीको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ याेगदान गरे ।
धनगढी निवासी टेकराज ओझाले स्वर्गीय बुवा घनश्याम ओझाकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि निमित्त ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गरे । धनगढी उपमहानगरपालिका-५ कैलालीस्थित निसर्ग अस्पताल एवं सम्पूर्ण कर्मचारी एवं चिकित्सक परिवारद्वारा भवन निर्माणका लागि २ लाख ५१ हजार रूपैयाँ याेगदान भएकाे छ ।
त्यस्तै बुधबार भवन निर्माणका लागि धनगढी उपमहानगरका नगर प्रमुखले गाेपी हमालले व्यक्तिगत रूपमा १ लाख १६ हजार रूपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७,८, १०, ११, १२, १८, १९ का वडा अध्यक्षहरूले संयुक्त रूपमा आश्रम एक काेठा निर्माणकाे लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।
जसमा धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६, १७ कार्यालयबाट संयुक्त रुपमा एक कोठा निर्माणकाे लागि २ लाख १८ हजार रूपैयाँ याेगदान गर्ने, उपमहानगरपालिका वडा नम्बर ७ कार्यालयले भवन निर्माण सेवाका लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कार्यालयले भवन निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ कार्यालयले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका वडा नम्बर १९ कार्यालयले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका वडा नम्बर १८ कार्यालयले १ हजार ११ सय १ सय ११ रूपैयाँ प्रदान गर्ने भएका हुन्।
धनगढी उपमहानगरपालिका-५ तारानगर निवासी नविन कान्त पन्तले स्वर्गीय बुवा देवकान्त पन्तको स्मृतिमा भवन निर्माणका लागि ५१ हजार १ सय ५१ रूपैयाँ, धनगढी उपमहानगरपालिका-७, कैलाली निवासी भगतबहादुर थापाले पितृहरुको स्मृतिमा ५१ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका-५ कैलालीस्थित ऐश्वर्य विद्या निकेतन तथा ऐश्वर्य बहुमुखी क्यामपस परिवारले भवन निर्माण सेवाका लागि ४४ हजार ३ सय ५६ रूपैयाँ प्रदान गरेकाे छ । धनगढी उपमहानगरपालिका-१, कैलालीस्थित शिखर मलिकार्जुन वस्त्रालयले २५ हजार ५ सय ५५ रूपैयाँ दान गरेकाे छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका-४ कैलालीस्थित होलसेल व्यवसायी संघद्वारा भवन निर्माण सहयोगार्थको लागि ३१ हजार ४ सय ३५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-१, कैलालीस्थित श्री होटल व्यवसायी संघ कैलालीले निर्माण सहयोगार्थ ३१ हजार १ सय रूपैयाँ याेगदान गरेकाे छ ।
धनगढी उपमहानगरपालिका-३ कैलाली निवासी योगेन्द्र बम (याम)ले स्वर्गीय आमा रम्भादेवी बमको स्मृतिमा भवन निर्माणका लागि २१ हजार १ सय ५ रूपैयाँ दान गर्नुभएकाे छ । भवन निर्माणका लागि कीर्तिबहादुर साउँद र गोदावरीदेवी साउँदले १५ हजार १ सय ५५ रूपैयाँ, मनिसा कार्कीले ५ हजार १ सय रूपैयाँ, धनगढी उपमहानगरपालिका-१ कैलाली निवासी टेकबहादुर रजक परिवारद्वारा भवन निर्माणका लागि १० हजार ५ रूपैयाँ, रतन बहादुर खातीले १५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-४, कैलालीस्थित ग्ली एकेडेमीले भवन निर्माण सहयोगार्थ १५ हजार १ सय रूपैयाँ, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले २० हजार १ सय २५ रूपैयाँ दान गर्नुभएकाे हाे ।
धनगढी उपमहानगरपालिका-४, कैलाली निवासी आशा उपाध्यायले पितृहरुको स्मृतिमा भवन निर्माणका लागि ५ हजार १० रूपैयाँ, भवन निर्माण सहयोगका लागि ऐश्वर्य सिंहले ५ हजार १ सय ५५ रूपैयाँ, बन्दना पन्तले ५ हजार ५ रूपैयाँ, रामबहादुर राउत र कुन्ती रावतले ५ हजार ५ सय ५५ रूपैयाँ, पदमादेवी खड्काले ५ हजार ५५ रूपैयाँ, पुष्पराज पनेरु र राधा पनेरुले ५ हजार ५ सय ५५ रूपैयाँ, सुजन थापाले ५ हजार १ सय, धनसिंह थापाले ५ हजार १ सय, शेरनाथ योगीले ५ हजार १ सय रूपैयाँ, कालीका समुदाय उपभोक्ता वन समूहले ८ हजार ५५ रूपैयाँ, भिमबहादुर बोहराले १० हजार ७ सय २५ रूपैयाँ, खप्तड टोल विकास समितिले स्मृतिमा भवन निर्माणका लागि १३ हजार २ सय ८० रूपैयाँ प्रदान गरेकाे छ ।
धनगढी उपमहानगरपालिका-८ कैलाली निवासी पार्वती क्षेत्री बोहराले ११ हजार १ सय ११ रूपैयाँ, भवन निर्माणका लागि हर्कबहादुर बमले ११ हजार १ सय ११ रूपैयाँ, हेल्प अफ हेप्पिनेसले ५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-७ कैलाली निवासी रमा जोशीले ११ हजार १ सय ११ रूपैयाँ, भवन निर्माणका लागि आदर्श महिला भजन मण्डलीले १५ हजार ५५ रूपैयाँ, गिरी राज चटौतले ११ हजार १ सय ११ रूपैयाँ, चन्द्रादेवी पनेरुले १५ हजार ५ रूपैयाँ , धनगढी उपमहानगरपालिका-०८, कैलाली निवासी दिलबहादुर खाती र दिपकला खातीले स्वर्गीय बुवा दलबहादुर खाती र स्वर्गीय आमा हसादेवी खातीको स्मृतिमा १५ हजार १ सय ५१ रूपैयाँ , मदिरा व्यवसायी संघले २१ हजार १ सय ५१ रूपैयाँ, भवन निर्माण सहयोगार्थको लागि मदन राज पनेरु, श्रीमती चित्रादेवी पनेरुले ५००० वटा इट्टा दिने बताउनुभएकाे हाे ।
भवन निर्माणका लागि श्री महिला स्वास्थ्य स्वयंमसेवीका समूहले ५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका नगर प्रहरी बल परिवारले १० हजार ५ सय ५५ रूपैयाँ, नवदुर्गा भवानी कालीका मन्दिरले १६ हजार १ सय ११ रूपैयाँ, अञ्जना सिंहले ११ हजार ५ रूपैयाँ, मनसरा पाण्डेले ११ हजार १ सय ५१ रूपैयाँ, भवन निर्माणका लागि कैलाली चेम्बर अफ कमर्शले १५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका, कैलालीस्थित खप्तड कन्स्ट्रक्सनका प्रोपाइटर टेकबहादुर खड्काले भवन निर्माण लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे छ ।धनगढी उपमहानगरपालिका-५, कैलालीस्थित श्री बिमला चौधरी (एस.के.), रतन एस.के र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा. ली.ले भवन निर्माणका लागि १ लाख १ हजार ५ रूपैयाँ दान गरेकाे छ ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञकाे आयाेजना गरेकाे हाे ।महायज्ञ माघ २३ गतेदेखि ३० गतेसम्म पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) सञ्चालन भएकाे हाे । महायज्ञमा भाष्कर कमलनयन गौतमले संगीतमय श्रीमद् भागवत कथा वाचन गर्नुभएकाे हाे ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाकाे २०७५ साल मंसिर १ गते धनगढी-५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेकाे हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।