कैलालीको गोदावरी वडा नम्बर १ र ६ मा रहेको बडेहा- बिजौरा खानेपानी उपभोक्ता संस्था को अध्यक्षमा चेतराज पन्त बिजयी भएका छन् ।
पन्त १४१ मत पाएर बिजयी भएका हुन । पन्त वडा नम्बर १ का वडा सदस्य पनि हुन् । पन्त बिजयी संगै उनको माउ पार्टी गोदावरी काँग्रेसमा हलचल मच्चिएको छ ।
पन्तलाई स्थानीय रूपमा सुरत कार्की (Sk )समुहले खुलेर समर्थन गरेको थियो । उक्त खानेपानी संस्थामा ६ सय ७ उपभोक्ता भएपनी राजनीतिक रूपमा उम्मेदवारलाई लिएर थरीथरीका चर्चा शुरु भएका छन् ।
गोदावरी कांग्रेसमा बिगत देखि दुई धार रहेको छ । एकधार को नेतृत्व सुरत कार्की र अर्को धारको नेतृत्व गोदावरीका हालका मेयर बिरेन्द्र भट्टले गर्दै आएका छन् । स्थानीय संघ संस्थाको चुनाव भयो भने दुबै पक्ष आ -आफ्ना उम्मेदवार तयार गर्ने गर्छन् ।
यो पटक उक्त खानेपानीको निर्बाचन मेयर भट्ट को कोर टिम मौन नै थियो । तर अन्तिममा धेरै तिरको दबाब आएपछि मेयर भट्ट निकट नेताहरुले स्थानीय उपभोक्ता रमेश बलायरलाई अध्यक्षमा उम्मेदवार वनाए। त्यसमा एमालेका युबा नेता गणेश महरालाई उपाध्यक्षको रूपमा टिममा देखाउने प्रयास गरे । यसको नेतृत्व कांग्रेस नगरकमिटी सचिब असोक देबकोटा , एक नम्बर वडा का सदस्य गम्भीर साउँद लगाएतले गरे । त्यसपछि त्यसैमा मेयर भट्ट पक्षीय नेताहरु लागे ।
यद्यपि उनिहरुको मिहेनतले काम गरेको देखियो । छोटो समयमा पनि राजनीतिक रूपमा त्यति धेरै चतुर नदेखिएका त्यो समुहका उम्मेदवार रमेश बलायरले ८३ मत ल्याए । जवकी एमालेको एउटा समुहले शुरुदेखि नै प्रचार गरेका मान बलायरले ५६ मत मात्रै पाए ।
यो नतिजा आए संगै कार्की समुह उत्साही बनेको छ । गोदावरीमा कांग्रेस संस्थापन समुह संग हरेक चुनावमा आफ्नो उम्मेदवार तैनाथ गर्ने कार्की समुह्को रणनीति छ । दुबै समुह आगामी चुनावको लागि संघ संस्था मार्फत वडा अध्यक्षको उम्मेदवार तयार गर्ने रणनीति मा छन् ।
भट्ट र कार्की को लँडाई
सुरत कार्की व्यावसायिक पृष्ठभुमिबाट कांग्रेसमा उदाएका नेता हुन । उनको सदस्यता अहिले पनि चुरे मा छ । बिरेन्द्र भट्ट राप्रपा हुँदै कांग्रेसमा राजनीति गरेका नेता हुन ।
काँग्रेसका पुराना नेता दिर्घराज भाट संग बिरेन्द्र भट्ट को राम्रो सम्बन्ध थियो । भाट संग को सम्बन्धलाई टेकेर नै बिरेन्द्र काँग्रेसमा छोटो समयमा लोकप्रिय बने । उनले आफू संगै अहिलेका क्षेत्रीय सभापति वसन्त रोकाया "ललित" लाई स्थापित गरे ।यद्यपि ललित ले कांग्रेस गोदावरीमा आफ्नो गुट बनाउन सकेका छैनन् ।
मेयर भट्ट संगै उनको सहकार्य जारी छ । उता कार्कीले पनि आफ्नो गुट युबा देखि बृद्द सम्म बिस्तार गरेका छन् । यी दुबै को टिम अघिल्ला दुई महाधिवेशन देखि अलगअलग हुँदै आएको छ । अहिले त झन स्थानीय स्तरका संघ संस्था को निर्बाचन मा दुबैले आ -आफ्नो टिम खडा गर्न थालेका छन् ।
कांग्रेस पार्टी को केन्द्रिय नेतृत्वलाई माम्ने सवालमा दुबै टिम सभापति देउवा पक्षीय भन्ने गरेका छन् भने तल भट्ट समुहले बिगत देखि एन पी र कार्की समुहले रमेश लेखकलाई नेता मान्दै आएको छ ।
सांसद बलायर गुमनाम
डोटीबाट तराई झरेर टिकट पाएका कैलाली -४ का निर्बाचित सांसद वीर बहादुर बलायर भने गुमनाम नै छन् ।
उनले आफ्न्नो निर्बाचन क्षेत्रमा तल को गुट पेचिलो छ नै भन्ने बुझेर खासै कुनै गुट को समर्थन गरेका छैनन् । आफ्नो निर्बाचन क्षेत्रमा प्रायः कमै आउने बलायरले यहाँ आएपनी गोदावरी भन्दा नि गौरिगंगा तिर बढी समय खर्चिने गरेका छन् ।
बलायरले कार्की समूह र भट्ट समुहलाई खासै बिश्वास गर्ने गरेको छैनन् । यद्यपि बलायर आएको कार्यक्रममा क्षेत्रीय सभापति को रूपमा वसन्त रोकाया सकृय हुने गरेका छन् ।