सिवाईसी अत्तरिया क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा डिसिए धनगढीमाथि रोमाञ्चक जित हात पार्दै अत्तरिया उपाधि नजिक पुगेको हो ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा डिसिए धनगढीमाथि ६ विकेटको जित सहित अत्तरिया उपाधि नजिक पुगेको हो । सिवाईसी अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फाईनल खेल सोमबार दिउँसो फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।आईतबार भएको दोस्रो सेमिफाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा सवै विकेट क्षतिमा एक सय ८ रन मात्रै बनाउन सक्यो ।
धनगढीका लागि मिलन बोहोराले १८ बलमा २८ रन बनाए । अभिषेक पालले २७ रन, दिपेन्द्र सिंह ऐरीले १५ रन र राहुल भण्डारीले १३ रन बनाए । अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन नसकेको अवस्थामा डिसिए धनगढीका ४ खेलाडी शुन्यमा आउट भए ।
अत्तरियाका लागि विवेक उादव र कमल गुप्ताले दुई दुई विकेट लिए । दिपेश कँडेल, रसिद खान र साहव आलमले एक एक विकेट लिए ।
एक सय ९ रनको लक्ष्य बोकेर मैदान उत्र्रिएको सिवाईसी अत्तरियाले १५ ओभरमा ५ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो ।
अत्तरियाका लागि शंकर रानाले अर्धशतक सहित अविजित ५६ रन बनाए । ५५ बलको सामना गरेका उनले ४ छक्का र ३ चौका प्रहार गरे । टीमका लागि दिपेश कँडेलले २४ रन बनाए ।
शंकरले दिपेशसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी समेत गरे । अत्तरियाका लागि भीम सार्कीले १६ रन बनाए ।
डिसिए धनगढीका लागि हिक्मत महराले दुई विकेट तथा ललीत राजवंशी र भोजराज भट्टले एक एक विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।
अत्तरियाका लागि अविजित ५६ रनको पारी खेलेका शंकर राना नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोली प्रतियोगिताको फाईनलका खेल हुनेछ । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।