कैलालीको गोदावरी वडा नम्बर १ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता समुहको नयाँ नेतृत्व चयनको लागि दलगत उम्मेदवारहरु मैदानमा भिड्ने भएका छन् ।
उक्त उपभोक्ता समुहमा माघ २६ गते निर्बाचन हुँदै छ । स्थानीय उपभोक्ता बाट चेतराज पन्त , रमेश बलायर , मान बहादुर बलायरले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
चेत र रमेश काँग्रेस निकट हुन । चेत एक नम्बर वडाका निर्बाचित सदस्य हुन । दुबै उम्मेदवारको बिषयमा काँग्रेस स्थानीय स्तरमा बिभाजित बनेको छ ।
यद्यपि स्थानीय पार्टीले भने कसैको पक्षमा निर्णय गरेको छैन । रमेशलाई गोदावरीका मेयर बिरेन्द्र भट्ट निकट कांग्रेस नेताहरूले समर्थन सामाजिक सन्जाल मार्फत गर्न थालेका छन् भने चेतराज पन्तलाई मेयर भट्ट इतर कांग्रेस नेताहरूले समर्थन गर्न थालेका छन् ।
चेत पन्त समुहको उपाध्यक्षमा उम्मेदवार कांग्रेस निकट गिरीराज भण्डारी बनेका छन् । पन्त समुहबाट सचिबमा माओवादी समर्थक लक्ष्मण भट्ट उम्मेदवार बनेका छन् । अर्का अध्यक्षका उम्मेदवार मान बलायर एमाले वडा नम्बर १ का वडा कमिटी अध्यक्ष हुन ।
उनलाई एमालेका नेताहरूको समर्थन रहेको छ । मान को समुहबाट उपाध्यक्षमा दुर्गा देबि जोशी र सचिबमा एमाले निकट युबा संघका नेता उत्तम महराले उम्मेदवारी दिएका छन् ।
उपाध्यक्षमा उम्मेदवारी दिएका एमाले कै अर्का उम्मेदवार गणेश महराको प्रचार पनि उनी निकट एमालेका नेताहरूले गर्न थालेका छन् ।
एमाले को स्थानीय कमिटीले पनि आफ्ना उम्मेदवार को हुन भनेर मुख खोलेको छैन । मान बलायर समूह को पोष्टरमा गणेशको नाम छैन बरु रमेश बलायरको उपाध्यक्षमा गणेशको नाम राखिएको छ ।
यसरी हेर्दा एमाले भित्र पनि उम्मेदवारहरुलाई पार्टी भित्र मत बिभाजित बनेको सहजै बुझ्न सकिन्छ । यस्तै यस अघिका अध्यक्ष बल बहादुर चौधरी पनि अध्यक्षका उम्मेदवार बनेका छन् । उनी पनि एमाले निकट हुन ।
अध्यक्ष मै स्वतन्त्र उम्मेदवार को रूपमा रमेश प्रसाद भट्टले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उक्त खानेपानीमा झन्डै ६ सय बढी उपभोक्ता रहेका छन् ।