अत्तरिया – अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आईतबार अत्तरियामा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय धनगढी संगको सहकार्यमा अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गरेको १ दिने करदाता शिक्षा कार्यक्रमकोे सम्पन्न भएको हो । अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको अध्यक्षतामा भएको कर शिक्षा कार्यक्रमको प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत गोबिन्द अधिकारी रहेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत अधिकारीले करको बारेमा व्यवसायीहरुलाई आवश्यक जानकारी हुनु पर्ने बताए । उनले अहिले पनि आवश्यक कर शिक्षा दिन नसकिएको बताए । ‘आन्तरिक राजस्व कार्यालयले १ बर्षमा २०/ २२ ओटा मात्रै कर शिक्षा तालिम दिएको छ । जुन एकदमै कम भएकाले आगामी दिनमा बढाउन आवश्यक छ ।’ कर अधिकृत अधिकारीले भने –‘पछिल्लो समय बजारको क्षेत्र बढ्दै गएकाले कर शिक्षाको आवश्यकता पनि बढ्दै गएको छ ।’
उनले कर विवरण अनलाईन माद्यमबाट नै भर्न सकिने व्यवस्था भईसकेकाले पहिला भन्दा धेरै सहज भएको बताए । उनले पछिल्लो समयमा कर चुक्ता प्रमाण पत्र पनि अनलाईनबाटै लिन सकिने बताए । ‘अहिले पनि कर चुक्ता प्रमाणपत्र लिनको लागि कर कार्यालयमा भिड हुने गरेको छ । अनलाईबाटै करचुक्ता प्रमाणपत्र लिन सकिने भएकाले कर कार्यालय धाउन आवश्यक छैन ।’ प्रमुख अधिकृत अधिकरीले भने– ‘अनलाईनबाट लिएको कर चुक्ता पनि आधिकारीक नै हुन्छ ।’
उनले पछिल्लो समय कर कार्यालय अनलाईन पद्धतिमा अगाडी बढेकाले अत्तरियामा कर सेवा कार्यालय राख्न आवश्यक नभएको बताए । ‘बरु आवश्यक प्रक्रिया पुरा गरे अत्तरिया उद्योग बाणिज्य संघ मार्फत नै कर कार्यालयका काम अनलाईन माद्यमबाट गर्न सकिन्छ ।’ प्रमुख कर अधिकृत अधिकारीले भने ।
कार्यक्रममा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष देवकोटाले पछिल्लो समय अत्तरियामा थुपै्र नयाँ व्यवसायीहरु पनि थपिने क्रम बढ्दै गएकाले नयाँ तथा पुराना व्यवसायीहरुलाई कर शिक्षा सम्बन्धि जानकारी दिनका लागि कार्यक्रमको आयोना गरेको बताए । ‘अहिले पनि थुप्रै व्यवसायीहरुले कर कसरी तिर्ने कसरी कर सम्बन्धि हिसाब किताव राख्ने भन्ने बारेमा ज्ञान नहुँदा जरिवाना तिनुपर्ने बाद्यता छ । त्यसैले कर शिक्षाको आवश्यकता छ ।’ अध्यक्ष देवकोटाले भने – ‘अहिले कर तिर्नका लागि धनगढी जानुपर्ने, धेरै समय खर्च गर्नु पर्ने भएकाले व्यवसायीहरुलाई समस्या भएकाले अव छिटै अत्तरिया उद्योग बाणिज्य संघबाट नै कर कार्यालयका काम गर्नको लागि प्रक्रिया अगाडी बढिसकेको छ ।’
उनले अब व्यसायीहरुले कर तिर्नका लागि धनगढी कर कार्यालयमा लामो समय लाईन लाग्ने समस्या छिटै अन्त्य हुने बताए ।
‘स्वच्छ कर प्रशासन ः विकास र सुशासन’ भन्ने नाराका साथ आठै कर दिवसको अवसरमा भएको कर शिक्षा कार्यक्रमको प्रशिक्षण कर अधिकृत काशीराम पौडेलले दिएका थिए ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा अत्तरिया क्षेत्रका बिभिन्न व्यवसाय गर्ने व्यवसायीहरुको सहभागीता रहेको थियो ।
उद्योग बाणिज्य संघका उपाध्यक्ष कविराज भट्टले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन महासचिव यज्ञ राज जोशीले गरेका थिए ।
यसैबिच आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत गोबिन्द अधिकारी र कर अधिकृत काशीराम पौडेलले धनगढीबाट बिभागमा सरुवा भईसकेकाले अत्तरिया उद्योग बाणिज्य संगले बिदाई गरेको छ । कर शिक्षा कार्यक्रमको अवसरमा उद्योग बाणिज्य संघका पदाधिकारीले प्रमुख कर अधिकृत अधिकारी र कर अधिकृत पौडेललाई बिदाई गरेका हुन ।