कैलालीको खुटिया नदीबाट डोजरसहित २६ गाडी नियन्त्रणमा लिइएको छ। जिल्ला समन्वय समिति कैलालीको अनुगमन टोलीले १७ ट्याक्टर, सात ट्रिपर र २ वटा डोजर नियन्त्रणमा लिएको हो।
अनुगमन टोलीले बिहिवार नियन्त्रणमा लिएका २६ सवारी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। जिल्ला समन्वय समिति, कैलालीका उप–प्रमुख खगराज भुषालले सेहरी क्षेत्रको खुटिया नदीमा दोहन गर्दै गरेको अवस्थामा सवारी नियन्त्रणमा लिएको बताए।
सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५९, से २ त ३५४३, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८१०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८०९, भे १८–६९५९, से १ त ५४४९, से १ त ४८८४, से १ त ६१६५, से १ त ७३८७, सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९२३ नम्बरका गाडी नियन्त्रणमा लिइएको हो।
यस्तै, सुदूरपश्चिम प्रदेश ०१–००१ त ५०४०, लुम्बिनी प्रदेश ०३–००१ त ०१०७, लुम्बिनी प्रदेश ०३–००१ त ००८७, से २ त १२२०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ५६३२ र सुदूरपश्चिम प्रदेश ०१–००२ त ३६९२ नम्बरका सवारी प्रहरीको नियन्त्रणमा छन। अनुगमन टोलीले सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२०३, से १ ग १०७ र सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२०२, सुदूरपश्चिम प्रदेश ०२–००१ क ५३७, सुदूरपश्चिम प्रदेश ०२–००१ क ५३२ र से १ क १२३० नम्बरका ट्रिपर नियन्त्रणमा लिएको छ। यस्तै, से १ ग ६६ र सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२१० नम्बरको डोजरसमेत नियन्त्रणमा लिइएको छ।
यस्तै
कैलालीको गोदावरी नगरपालिका–९ सेहरी क्षेत्रको खुटिया नदीबाट २६ सवारी नियन्त्रणमा लिइएको हो। धनगढी उपमहानगरपालिकाको डोजर र ट्रिपरहरुसमेत नियन्त्रणमा लिएको अनुगमन टोलीले बताएको छ।
मापदण्ड विपरीत नदीको अवैध दोहन गरेको भन्दै सवारी नियन्त्रणमा लिइएको हो। गोदावरी नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको नदी क्षेत्रबाट २ डोजर प्रयोग गरेर नदीजन्य पदार्थ सङ्कलन हुँदै आएको टोलीले बताएको छ।