नेकपा (एमाले )अछामले मातृभूमि जागरण अभियानमा संग्लग्न भएको भन्दै बुधबार ६ जनालाई पार्टी कमिटीको पदीय जिम्मेवारीबाट हटाएको छ ।
केही पार्टी सदस्यहरुले पार्टीका आधिकारिक व्यक्तिलाई जानकारी बिनै एमाले छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक संजाल तथा सञ्चारमाध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागारण अभियान नामक जुलुसमा समावेश भई पार्टीविरुद्ध र प्रधानमन्त्री एवं पार्टी अध्यक्षका विरुद्धमा लागेको भन्दै ६ जनालाई हटाएको हो ।
जसमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुवँरलाई जिम्मेवारीबाट हटाइएको छ ।
बुधबार पार्टी जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा एमालेको विधानको धारा ८० को उपधारा १ , २ ,३,४, ५ ,१२ दर १३ विपरीत गतिविधि गरेकाले पदीय जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ ।
उक्त अभियान एमालेबाट निष्कासनमा परेका डा . रावलले शुरु गरेका हुन् । अहिले उनी अछाम मै छन् ।