कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ वाणिमा शनिबार राति ट्रक र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु प्रकरणमा मृतकका आफन्तले आफुलाई ‘डिआइजी’ बताउने प्रहरीले पीडित पक्षमाथि कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारी घेराउ गरेका छन् । उनीहरुले कुटपिट गर्ने प्रहरीमाथि कारवाहीको माग गर्दै ईप्रका झलारी घेराउ गरेका हुन् । पीडित पक्षलाई सान्त्वना दिनुको सट्टा मदिरा सेवन गरी आएका प्रहरीले आफु माथि कुटपिट गरेको उनीहरुको गुनासो छ । मृतक रानाका बाबु भक्ता रानाले छोरा गुमाएको पीडासँगै प्रहरीको मुक्का र लाठी प्रहार सहनु परेको बताउँछन् ।
उनले आफू सहित रामचन्द्र राना र उमेश रानालाई समेत प्रहरीले कुटपिट गरेको बताए । ‘घटना कञ्चनपुरमा भयो, उनले भने, ‘कैलालीबाट आएका प्रहरीले हामी माथि बिना कारण कुटपिट गरे ।’ पीडित पक्षले घटनास्थलमा बरामद गरेको मोबाइल प्रहरी अधिकारीको भएको पृष्टी भएको छ । उक्त नम्बरको मोबाइल पीडित पक्षले इप्रका झलारीमा कागज गरेर बुझाएका छन् । पीडित पक्षले प्रहरीमा बुझाएको उक्त नम्बर तत्तकालिन अञ्चल प्रहरी कार्यालय कैलालीका एसएसपी देव बहादुर बोगटीको भएको झलारी प्रहरीले पुष्टी गरेको छ ।
इप्रका झलारीका इन्चार्ज नैनसिह साउदले महेन्द्रनगर देखि धनगढी गइरहेका एसएसपी बोगटी घटनास्थलमा गएको तर कुटपिट नभई सामान्य विवाद भएको बताए । ‘पीडित पक्षले प्रहरी सँग विवाद गर्दै थिए, ‘उनले भने, ‘एसएसपी सापले सम्झाउन खोज्दा उनीमाथि नै भिडले झम्टिन खोजेको थियो ।’
एसएसपी बोगटीले कसैलाई पनि हातपात नगरेको दावि गर्दै उनले समान्य विवाद मात्र भएको बताए । एसएसपी बोगटीको टोलीलाई पीडित पक्षले मदिरा सेवन गरेर कुटपिट गरेको आरोप लगाएपनि प्रहरीले त्यो पुष्टी गरेको छैन् ।
ट्रक मालिकलाई बोलाएर पीडित पक्षसँग छलफल गर्ने र घटनाको थप अनुसन्धान अघि बढाउने इप्रका झलारीका इन्चार्ज साउदले बताए । तर, पीडित पक्ष भने उक्त मोबाइलवाला प्रहरी आएपछि मात्रै वार्ता गर्ने भन्दै तबसम्म शव नबुझ्ने चेतावनी दिएका छन् ।
कञ्चनपुरको वाणीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु