अत्तरिया – राम्रो कमाई हुने सुनेपछि कालुराम रानाले २०७४ सालको कार्तिक महिनामा आफूसंग भएको ७ कट्टा जग्गामा क्यामोमाईल (जडीबुटी) को खेती गरे । ७ कट्ठाका क्यामोमाईलको खेती गरेका रानाले डेढ किलोग्राम क्यामोमाईलको तेल उत्पादन गरे । लगत्तै तेल किन्न गाउँमै आएका व्यवसायीले उनले उत्पादन गरेको तेलको ७५ हजार रुपौयाँ दिएर गए । गँहु खेतीको सट्टमा क्यामोमाईल खेती गरेर ७ कट्ठामै गँहु भन्दा चार गुना राम्रो कमाईले हैसिएका रानाले २०७५ मा पनि क्यामोमाईल खेतीलाई निरन्तरता दिए । तर दोस्रो बर्ष खेती गरेको क्यामोमाईल उत्पादन पहिलो बर्षको जतिकै भएपनि मुल्य भने पाएनन् । २०७४ सालमा खेति गरेको क्यामोमाईलको तेल ५० हजारका दरले बिक्रि गरेका रानाले गत बर्ष खेती गरेको क्यामोमाईल केहिदिन अगाडी मात्रै मुस्किलले २२ हजारका दरले एक जना व्यवसायीले खरिद गरिदियो । पहिलो बर्षको कमाईले हैसिएका राना अहिल निरास छन । कारण हो उनले उत्पादन गरेको क्यामोमाईलको तेल बिक्रि गर्न निकै संघर्स गर्दा पनि कम मुल्य पाउनु ।
कैलालीको गोदावरी नगरपालिका ९ मुरकट्टिका राना संगै सो गाउँमा ३० जना किसानले क्यामोमाईलको खेती गरेका थिए । तर पहिलो बर्ष राम्रो कमाई भएपनि दोस्रो बर्षमा भने मुल्यमा आएको ह्रासका कारण निरास छन ।
कैलालीको गौरीगंगा नगरपालिका १ चौमालामा रहेको पशुपती जडीबुटी प्रसोधन उद्योगका अध्यक्ष प्रकाश थापाले उचित मुल्य नपाउँदा अझै पनि ७० किलो भन्दा बढी क्यामोमाईल तेल बिक्रि हुन नसकेको बताए । उनले गत बर्ष ५५ हजारका दरले बिक्रि गरेको भएपनि यो बर्ष २०/२२ हजार मात्रै मुल्य भएको भन्दै व्यवसायी खरिद गर्न आउने गरेको बताए । मुल्य घटेकै हो वा व्यवसायीहरुको चलखेल हो भन्ने बिषयमा अझै स्पस्ट हुन नसकेकाले गत बर्ष नै उत्पादन भएको तेल अहिले सम्म स्टक गरेर राखेको बताए ।
३१ प्रकारका जडीबुटीमा प्रतिबन्ध
४ बर्ष अगाडी ३ ओटा प्रदेशका ६ जिल्लामा औषधिय तथा सुगन्धित बिरुवाको क्षेत्रमा नेपाल एकिकृत व्यापार रणनीति नामक परियोजना मार्फत सुदूरपश्चिमका २ जिल्ला कैलाली , कञ्चनपुरमा पनि जडीबुटि खेती बिस्तार र व्यवसाय प्रबद्धनका लागि कार्यक्रम संचालनमा ल्याएको थियो । परियोजना अन्तरगत जडिबुटीको खेती बिस्तार भई किसानहरुले राम्रो फाईदा लिईरहेका भएपनि पछिल्लो समय भारतले बिभिन्न ३१ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाउँदा कैलाली कञ्चनपुरमा पनि क्यामोमाईल सहित अन्य जडीबुटी खेती गरेका किसान मारमा परेका छन ।
गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नगरिएकाले नेपाली जडीबुटी निकासी रोकिएको थियो । त्यसैको मारमा नेपालमा जडीबुटी खेति गर्ने किसानहरु परेका छन । डेढ महिना अगाडी राजपत्रमा सूचना प्रकाशित गरेर भारतले जडीबुटी आयात सुचारु भएको जनाएको भएपपनि सुदूरपश्चिमको जडीबुटी निकासी हुने नेपालगंज नाकाबाट भने अझै पनि प्रतिबन्धित जडीबुटी निकासी हुन सकेको छैन ।
राजपत्रमा खुला गरेपनि सीमामा रोक
९० प्रतिशत भन्दा बढी नेपाली जडीबुटीको बजार भारतसंग निर्भर रहेका कारण अहिले भारतले प्रतिबन्ध लगाएका जडीबुटी नेपालमै थन्किएका छन । प्रतिबन्ध अगाडी नेपालगन्ज नाकाबाट वर्षेनी बर्सेनी ७० लाख किलो सम्म जडीबुटी निकासी हुने गरेकामा हाल १ लाख किलो पुग्न पनि मुस्किल भएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ ।
नेपाल जडीबुटी व्यवसायी संघ प्रधान कार्यालय नेपालगंजका अध्यक्ष याकुव अन्सारीले भारतले प्रतिबन्ध खुला गरेको भनेर राजपत्रमा सुचना प्रकाशित गरेको भएपनि भारतको प्लान्ट क्वारेन्टाईले लिखित रुपमा जानकारी नआएको भन्दै भारत पठाउन रोक लगाउने गरेको बताए ।
नेपाल जडीबुटी व्यवसायी संघ कैलालीका अध्यक्ष दिपक राज भट्टले भारत निकासी रोकिएपछि व्यवसाय चौपट भएको वताए । उनले नेपालबाट निर्यात हुने मुख्य जडीबुटी नै रोकिएपछि अहिले पनि ठुलो मात्रामा जडीबुटी गोदाममै थन्किएको बताए । ‘अहिले भारतले रोकिएका जडीबुटी सुचारु भएको भनेर सुचना निकालेको छ । अव सहज हुँदै जान्छ होला ।’ अध्यक्ष भट्टले भने – ‘कैलाली कञ्चनपुरमा बढी खेती र संकलन हुने कुरीलो , क्यामोमाईल पनि बिगत १ बर्ष देखि भारत निकासीमा रोकिएपछि समस्या आएको हो ।’उनले अव यो समस्या हटेकाले नआत्तिन किसानहरुलाई आग्रह गरे ।
वनस्पति अनुसन्धान केन्द्र कैलालीका अनुसार यस बर्ष कैलाली कन्चनपुमा करिब ४ सय केजि क्यामोमाईल तेल उत्पादन भएको छ । उक्त तेल मध्ये केही किसानहरुले २० देखि ३० हजारका दरले बिक्री गरिसकेका छन भने अझै पनि धेरै तेल बिक्रि हुन बाकी रहेको छ ।
क्यामोमाईलको खेती कैलालीका टिकापुर , चौमाला , धनगढी उप महानगरपालीका र कञ्चनपुरको दोधरा चाँदनी , बेलौरीको रामनगर , जुडा र बैतडा क्षेत्रमा बढी मात्रामा हुने गरेको छ । तराई क्षेत्रमा खेती गर्न सकिने क्यामोमाईल प्रसोधनका लागि सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा १६ ओटा भन्दा बढी प्रसोधन उद्योग रहेका छन ।
राज्य गैरजिम्मेवार भएको आरोप
गोदावरी ९ मुरकट्टिका किसान दिपेन्द्र भण्डारीले अहिले भारतले गर्दा तेल रोकिएको भनिए पनि अन्य कुनै विकल्पका बारेमा राज्यले ध्यान नदिनु गैरजिम्मेबारीपन भएको बताए । उनले राज्यले जडीबुटी खेती गर्ने किसानहरुले भोगिरहेको समस्याका बारेमा पहल गनुपर्ने बताए । नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष अन्सारीले राज्यले यस बिषयमा ठोस पहल नचाल्दा नेपालीको जडीबुटी व्यवसाय चौपट भएको बताए ।
नेपालगंजका जडीबुटी व्यवसायी संजय कुमार जैनले अन्य जडीबुटी भारतले रोकेका कारण नेपाली बजारमा व्यवसाय ठप्प भएको भएपनि क्यामोमाईलको हकमा भने अन्तरराष्ट्रिय बजारमा नै माग कम हुनुने पनि मुल्यमा कमि आएको बताए । उनले पछिल्ला बर्षहरुमा उत्पादन बढी भएपनि माग भने सोही अनुसार बढ्न नसकेका कारण समस्या भएको बताए । उनले यसका बिषयमा सरकारी स्तरबाट पनि पहल हुन आवश्यक रहेको बताए ।
प्रदेश सरकार बेखवर
यता जडीबुटी क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै आएको सुदूरपश्चिप प्रदेश सरकार भने यस बिषयमा बेखवर रहेको छ । जडीबुटी क्षेत्र हेर्ने सुदूरपश्चिम प्रदेशको उद्योग, प्रयटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठले कैलाली कन्चनपुरका किसानले जडीबुटी बिक्रि नभएको बारेमा मन्त्रालयमा कुनै जानकारी नआएको बताए ।
उनले जडीबुटी खेती गर्ने किसानको जडीबुटी बिक्रि नभएको सुन्नमा आएपनि आधिकारीक रुपमा मन्त्रालयमा जनाकारी नआएको बताए ।