डिभिजन वन कार्यालय बाजुराका प्रमुख निमित्त डिभिजन वन अधिकृत सुरेश चन्द्र डिसीको एक युवती सँग वसेको अर्धनग्न तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले स्पष्टीकरण सोधेको छ ।
उक्त तस्बिरमा निजामती कर्मचारीको आचरण विपरीत प्रस्तुत भएको भन्दै विभागीय कारबाही नगर्नुपर्ने मनासिब माफीको आधार र प्रमाण भए पत्र प्राप्त भएको मितिले ७ दिन भित्र चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न डिसीलाई वन निर्देशनालयले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
निजामती सेवा ऐन,२०७९ को दफा १०१ तथा सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम १३१ मा व्यवस्था भए बमोजिम डिसीलाई पत्र प्राप्त भएको मितिले ७ दिन भित्र चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न भनिएको छ । प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले सोध्नु भएको उक्त स्पष्टीकरण पत्र उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयमा बोधार्थ पठाइएको छ ।
हालै डडेल्धुरावाट बाजुरा गएका डिभीजनल वन अधिकृत डिसी मापसे गर्दै अर्धनग्न तरिकाले युवती सँग वसेको तस्बिरमा देखिन्छ । अर्को तस्बिरमा एउटाले घुस दिनका लागी पैसा दिँदै गरेको जस्तो देखिने फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । डिसी निकै विवादित वन अधिकृत भनेर चिनिन्छन् ।
राजनैतिक शक्ति केन्द्रको आडमा भ्रष्टाचार गर्न माहिर विवादित छविका डिसी लाइ यस अघि डोटीको लानाकेदारेश्वर सब डिभिजन वन कार्यालयका प्रमुख हुँदा काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरदिएिवापत सेवाग्राही सँग घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको थियो ।
डिसीले त्यस वेला स्थानीय सेवाग्राहीसँग ५ लाख ६० हजार घुस मागका थिए । तर अख्तियारले उनको साथबाट नगद ३ लाख २६ हजार मात्र बरामद गरेको थियो ।
डिसीलाई अख्तियारले ३ लाख ६० हजार माग दावीसहति विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी लामो समय निलम्बनमा परेका थिए ।
विशेष अदालत वाट सफाइ पाएपछि उनी अहिले फेरी शक्ति केन्द्र लाइ रिझाएर विभिन्न मालदार कार्यालयको जिम्मेवारी लिने गरेका छन् ।
डडेल्धुरा र जोगवुडामा पनि ठुलो चलखेल गरेर हालै बाजुरा पुगेका डिसीले त्यहाँ पनि केही व्यक्ति सँग मिलेर भ्रष्टाचारको धन्दा मच्चाइ रहेको सेवाग्राहीको गुनासो छ ।
प्रदेश सरकारका सबै निकायलाई रिझाउन खप्पिस उनलाई मागेको ठाउँमा मन्त्री र उपल्लो तहका हाकिम हरुले सरुवा मिलाइदिने गरेका छन् ।
अख्तियार वाट छुटकारा पाएपछि शक्ति केन्द्र लाइ रिझाएर उनी सुरुमा डडेलधुराको सब डिभिजन कार्यालयमा प्रमुख भएर गएका थिए । त्यहाँ रहँदा वन अधिकृतलाई समेत नर्टेने भएपछि उनी वन अधिकृत लाइ हटाएर डडेल्धुरामा समेत निमित्त वन अधिकृत बन्न सफल भएका थिए ।
राजनैतिक दलका नेता र मन्त्रीहरूले पनि डिसीलाई मोटो रकम बुझेर मागेको ठाउँमा सरुवा मिलाइ दिने गरेको आरोप लाग्दै आएको छ ।
तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई निलम्बन गरी कारबाहीको माग गरिएको छ । कार्यालय प्रमुख जस्तो व्यक्तिको आपत्ति जनक तस्बिर सार्वजनिक हुनु कर्मचारी आचार संहिता विपरीत भएको भन्दै सरोकारवाला निकायले मुख्यमन्त्री,मन्त्री र सचिव समक्ष कारबाहीको माग गरेका छन् ।
मुख्यमन्त्री कमल वहादुर शाहले सम्बन्धित मन्त्रालयलाई तत्काल कारबाही प्रक्रिया अघाढी बढाउन निर्देश दिइएको बताए ।
यस अघि एक जना वन अधिकृतको तस्बिर सार्वजनिक भएकै विषयलाई लिएर मन्त्रालय तानेर छानबिन समिति गठन गरिएको थियो ।