कैलालीमा चुरे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । श्री मेलकट्टेस्वर माध्यमिक विद्यालय चुरे -६ बयलामा बिहीवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले उदघाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बोगटीले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै खेलकुदका माध्यमबाट विद्यार्थीको समग्र विकास गर्नुपर्ने बताए । उनले खेलाडीहरूको प्रोत्साहनका लागि खेलमैदान निर्माण, खेल सामग्रीको वितरण तथा विद्यालय स्तरमै खेलकुदलाई उच्चस्तरमा पुर्याउन चुरे गाउँपालिका प्रतिवद्ध रहेको बताए। पालिका स्तरकै नमुना रंगशालाको निर्माणको तयारी समेत भइरहेको उनले जिकिर गरे ।
कार्यक्रममा उपाध्यक्ष धना देवी थापा ,राजनीतिक दल प्रतिनिधि, सुरक्षाकर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार, युवा क्लब का अध्यक्ष, सामुदायिक वनका प्रतिनिधि, विद्यालयका विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो । बयलाका बिधालय ब्यबस्थापन समितीका अध्यक्ष दान बहादुर महराको सभापतित्वमा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय प्रधानाध्यापक बम खत्रीले गरेका थिए ।
प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने छ । राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताबाट छनौट भएका खेलाडीहरू जिल्लास्तरको खेलकुदहरूमा सहभागिता जनाउने छन् ।