सनराइज मिडिया सेन्टरको आयोजनामा कैलाली र कञ्चनपुरमा विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८१ आयोजना हुने भएको छ ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिमै पहिलोपटक सबैभन्दा ठुलो धनराशिको हाजिरीजवाफ प्रतियोगिता हुन लागेको सनराईज मिडिया सेन्टरका अध्यक्ष उत्तम थापाले बताएका छन ।
प्रतियोगितामा प्रतेक बिद्यालयबाट दुइ टिम र एउटा पालिका बाट तिन टिम सहभागी हुन पाउने आयोजकले बताएको छ ।
बिद्यालय स्तरदेखि सुरु हुने अडिसनमा प्रतेक पालिकाबाट तिन टिमलाइ धनगढीमा उपस्थित गराएर मेघा अडिसन राउन्ड आइरन राउन्ड सिल्बर राउन्ड गोल्ड राउन्ड डाइमन्ड राउन्ड र सेमिफाइनल राउन्ड बाट छनोट भएका टिमबाट ग्राण्ड फिनाले बाट प्रथम द्धितिय र तृतिय छनोट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर द्धितिय पुरस्कार ५० हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर तृतिय पुरस्कार २५ हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर र सान्त्वना पुरस्कार १० हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर रहने र प्रतियोगितामा सहभागी सम्पुर्ण बिद्यालयहरुलाइ सहभागीताको प्रमाणपत्र र फाइनल प्रवेश गर्न सफल ६ ओटा समुहहरुलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताका सम्पुर्ण अडिसनहरु सनराइज टेलिभिजन फेसबुक पेज यूटुब च्यानल इंस्टाग्राम र टिकटकमा प्रसारण हुने छन ।
विद्यालयमा हुने पढाईका साथै बिद्यार्थीको अतिरित्त ज्ञान हाशिल गर्न यो प्रतियोगिता कोशे ढुङगा सावित हुने सनराईज मिडियाका कार्यक्रम संयोजक तथा हाजिरी प्रतियोगिता २०८१ का कार्यक्रमका प्रस्तोता प्रेम बिवश चन्दले बताए ।
सुदूरपश्चिममा डान्स गायन तथा अन्य बिधा हरुमा धेरै कार्यक्रम आयोजना भएका भए पनि बिद्यार्थीको बौधिक क्षमता प्रर्दसन गर्ने कार्यक्रम नभएको हुँदा सनराईज मिडियाले आयोजना गर्न लागेको यो कार्यक्रम सबैमा नौलो भएको सनराइज मिडियाका कार्यकारी निर्देशक दिप श्रेष्ठले बताए ।
कार्यक्रम कैलाली र कञ्चनपुरका बिद्यालयहरुमा यही पुस २१ ग्ते देखि फरम बितरण हुने र आगामी माघ पहिलो हप्ता बाट १६ अडिसन गरेर जेठ सम्म सञ्चालन हुने गरी काम अगाडी बढेका सनराईज मिडियाका अध्यक्ष उत्तम थापाले बताए ।
सुदूरपश्चिममै नयाँ तरिकाले कार्यक्रमको योजना बनाइएको र कैलाली र कञ्चनपुरमा कार्यक्रम सफल भए पछि सुदूरपश्चिमभरि नै कार्यक्रम गरिने अध्यक्ष थापाले बताए ।