नेकपा (माओवादी केन्द्र) ले कैलालीको १३ वटै पालिकामा नयाँ कार्य समिति चयन गरेको छ ।
सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो । नेकपा (माओवादी) पार्टीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित भएका छन ।
त्यस्तै, गौरीगङ्गा नगर कार्य समिति अध्यक्षमा राजकुमार थारू ‘ताजेन्द्र’, घोडाघोडी नगर कार्य समिति अध्यक्षमा कर्ण बोहरा ‘बिगुल’,गोदावरीमा तिलक चौधरी, लम्कीचुहा नगर कार्य समिति अध्यक्षमा कमलबहादुर भुल ‘सुरेश’ निर्वाचित भएका जनाइएको छ ।
टीकापुर नगर कार्य समिति अध्यक्षमा धनसिंह साउँद, भजनी नगर कार्य समिति अध्यक्षमा जगत विक, मोहन्याल गाउँ कमिटी अध्यक्षमा देवीदत्त उपाध्यया ‘हिमशिखर’, कैलारी गाउँ कमिटी अध्यक्षमा बतासु थारू ‘अभिषेक’, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा रामकृष्ण डङ्गौरा थारू ‘रन्जित’ चयन भएको जनाइएको छ ।
यसैगरी, जानकी गाउँ कमिटी अध्यक्षमा कृष्ण सोडारी, चुरे गाउँ कमिटी अध्यक्षमा ठाडा मगर र जोशीपुर गाउँ कमिटी अध्यक्षमा दीर्घ विनाडी निर्वाचित भए । पालिकास्तरीय सम्मेलन अघि माओवादी केन्द्रले हरेक पालिकाको प्रत्येक वडामा वडास्तरीय सम्मेलन गरेको थियो ।