बिभिन्न समस्याका कारण सहकारी क्षेत्र बदनाम भइरहेका बेला धनगढी स्थित नवजिवन सहकारी दिन प्रतिदिन प्रगती तर्फ उन्मुख भएको छ ।
शुक्रबार नेपाल पत्रकार महासघं कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै सहकारी सञ्चालक समितिका अध्यक्ष देव बहादुर बमले नवजिवन सहकारी पछिल्लो समय थप प्रगती गर्न सफल भएको बताएका हुन् । बैङ्किङ क्षेत्रका हिसाबले मुलुककै पहिलो अनुमती प्राप्त सहकारी संस्था पछिल्लो सहकारी समस्याबाट कुनै प्रभावित भएको छैन ।
'हाम्रा अग्रज महेश्वर पाठक, दिपक देवकोटा, नन्दलाल जोशी, खेमराज पाण्डे लगायतले शुरु गरेको नवजिवन अहिले देशकै उत्कृस्ट सहकारी मध्ये एक बनेको छ,' अध्यक्ष बमले भने “हामीले अहिले ३६ हजार सेयर सदस्य बनाउन सफल भएका छौँ, १० लाख ८० हजारबाट शुरु गरिएको सेयर पुजिं हाल ३० करोड ८० लाख पुगेको छ, सबै सेयर सदस्यले पैँसा फिर्ता मागेपनि नवजिवनलाई खतरा छैन, हामीसगं आजसम्म ६२ करोड रुपयाँ जगेडा कोषमा जमा छ, एदी ३६ हजार सदस्यले सेयर पुजिं फिर्ता माग्न आएपनि अँझै हामीसगं आधा रकम बच्छ त्यस कारण हामी आर्थिक हिसाबमा मजबुत छौँ ।”
नवजिवन सहकारी बिगतमा १० औँ नम्बरमा थियो, धेरै मेहेनतपछि ५ औँ स्थानमा पुगेको र अब सहकारी बिभाग, संसदिय सुनुवाइबाट तेश्रो नम्बरमा परेको तर घोषणा हुन बाँकी रहेको अध्यक्ष बमले बताए ।
यसका साथै बिभिन्न सामाजिक कार्यमा नवजिवन सहकारीले सहकार्य गर्दै आएको उनले बताए । धनगढीको हरित धनगढी अभियान सगं सहकार्य सगैं बेहडाबाबा मन्दिरमा सौचालय, गोदावरी मन्दिर निर्माण, घोडाघोडीमा धर्मसाला लगायतका काममा सहकार्य गरेको उनले बताए ।
बिगतका तुलनामा लाभान्सपनि बढाउँदै गएको उनले बताए । यो बर्ष २० करोड ६४ लाख लाभान्स वितरण गरिने उनको भनाई छ । नवजिवन सहकारी संस्थाले नेपाल पत्रकार महासघं कैलालीका नवनिर्वाचित अध्यक्ष देउवा सहित पदाधिकारी र सदस्यहरुलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरेको थियो ।