नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ।
एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
एनपिएलको शीर्ष ४ टोली २ करोड १० लाख रुपैयाँ रहनेछ। यसअघि क्यानले उत्कृष्ट नेपाली खेलाडीलाई कार दिने बताइसककेको छ।
यसबाहेक क्यानले प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई ५० हजार र क्याच अफ दी म्याच हुनेलाई २५ हजार प्रदान गर्दै आएको छ।
एनपिएल अन्तर्गत लिग चरणका कुल २८ खेल सकिएका छन। २८ खेल सकिंदा प्ले अफमा पुग्ने चार टिमको टुङ्गो लाग्दा चार टिम लिग चरणबाट बाहिरिएका छन।
सबैभन्दा बढी ६ जित सुदुरपश्चिम रोयल्सले हात पार्यो। सात मध्ये एक खेल हारेको सुदरले १२ अंकका साथ शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनायो। जनकपुर रोयल्सले ५ जित र दुई हार सहित १० अंक बनायो।
जनकपुरले पहिलो क्वालिफायरमा सुदरसँग खेल्नेछ। चितवन राइनोज, कर्णाली याक्स र काठमान्डु गुर्खाजले समान ४ खेल जित्दै ८/८ अंक जोडे्।
रन रेटमा चितवन तेस्रो र कर्णाली चौथो हुँदै प्ले अफमा पुगेको हो । कम रन रेटको आधारमा काठमान्डु गुर्खाज भने लिग चरणबाट नै बाहिरिएको थियो।