वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन्यजन्तु र मानवबीचकाे द्वन्द्व न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।
शनिवार धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री शाहीले पछिल्लाे समय देशभरी नै मानव र वन्यजन्तुबीच द्वन्द्व देखिएकाले त्यसकाे न्यूनीकरणका लागि मन्त्रालय अघि बढेकाे बताए ।
उनले भने, ‘कैलाली कंचनपुर घुम्दा पनि मानव र वन्यजन्तुबीचकाे द्वन्द्वले समस्यामा पारेकाे भेटियाे, अब न्यूनीकरणका लागि याेजनासहित अघि बढछाै ।’
मन्त्री शाहीले कञ्चनपुरमा आरक्षबाट पीडितलाई व्यवस्थापनका लागि आयाेग बनेकाे त्यसकाे अवस्था पनि बुझेकाे बताए । उनले भने, ‘अब वनलाई जनतासँग जाेडेर समृद्धितर्फ लाग्नुपर्छ, बनलाई पर्यटनसँग जाेडनु पर्छ ।’
पूर्वाधार अभावले पर्यटन विकास नभएकाे मन्त्री शाहीकाे भनाइ छ । धार्मिक र पर्यटकीयस्थल संरक्षण अभावमा ओझेलमा परेकाले अब सरकारले संरक्षणकाे याेजना बनाउने उनले बताए ।
बाजुराकाे बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि बढाउने याेजना सरकारकाे रहेकाे मन्त्री शाहीकाे भनाइ छ ।
उनले भने, ‘अब बडिमालिका संरक्षणकाे याेजना बनाएर तत्काल सरकार अघि बढछ ।’