कैलालीको गोदावरी -४ मा रहेको एक सामुदायिक बनको चुनाव को सरगर्मी बढेको छ । अन्य ठाउँ उपचुनाब लागेको भएपनी यहाँ बन को चुनाव लागेको छ ।
बिगत लामो समय देखि विवादमा फसेको बास्कोटा सामुदायिक बनमा उपभोक्ता मात्रै होइन दलका नेताहरूलाई पनि चुनाब लागेको छ । एमालेका पुर्ब प्रदेश सांसद कृष्णराज सुबेदीको वडामा हुन लागेको चुनावमा उनको बिशेश दौडधुप रहेको छ ।
उनको समर्थन मनोहर बहादुर कुँवर प्यानललाई रहेको छ । कुँवर यस अघिको समितिका कोषाध्यक्ष हुन । अर्को तिर कृत बहादुर शाही को नेतृत्वमा अर्को प्यानल बनेको छ । जसलाई काँग्रेस निकट नेताहरूले समर्थन गरेका छन् ।
शाही को उपाध्यक्षमा बिष्णु प्रसाद जोशी रहेका छन् भने सचिबमा पबित्रादेबी साउँद रहेकी छन् । उता कुँवर को टिममा उपाध्यक्षका उम्मेदवार टीका खत्री रहेका छन् भने सचिबमा जयन्ती ठगुन्ना धामी रहेकी छन् ।
यस अघि उक्त बनको अध्यक्ष कृष्णा देबी जोशी थिइन् । उनको समितिका ११ जनाले राजीनामा दिएपछि कार्यकाल पुरै नसकिएर विघटन भएको थियो । त्यसपछि आम भेलाले पुर्ब शिक्षक राजेन्द्र खड्का को अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।
भोलि हुने चुनावमा काँग्रेस निकट नेताहरूले भने नजिकबाट चासो राखेका छन् भने एमाले निकट नेताहरूले बेवास्ता गरेका छन् ।
एमालेका एक नेताले भने ," त्यहाँ पार्टी को आधिकारिता केही छैन वडा भित्र को एउटा बनको चुनाव हो । त्यो गाउँ को आन्तरिक बिषय हो पार्टीलाई जानकारी छैन ।"
उक्त बनमा ६ सय ४ जना उपभोक्ता भएपनी मतदाता भने ५ सय ३ मात्रै रहेका छन् ।