सुदुरपश्चिम महोत्सव मंसिर २२ गतेदेखी शुरु हुन लागेको छ । कैलाली उधोग बाणिज्य संघले १८ औँ संस्करण आगामी मंसिर २२ गतेदेखी पुस २ गतेसम्म महोत्सव सञ्चालन हुने जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने छ ।
धनगढीमा सार्बजनिक खुल्ला ठाउँ को अभाव भएपछि संघले निजि जग्गाम महोत्सव गर्दै आएको छ ।
महोत्सवको तयारी तिव्र पारिएको कैलाली उधोग बाणिज्य सघंका अधयक्ष पुस्पराज कुवँरले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
महोत्सवको तयारीका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा बिभिन्न उपसमिति बनाइएको छ । ७० प्रतिशत महोत्सवको तयारी सकिएको उनले बताए ।
व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि स्टल रहने अध्यक्ष कुँवरले बताए ।
उनका अनुसार महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधिका स्टल रहने छन्।
संघका महासचिव ओम बिष्टले स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दिइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताए ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष कुँवरले महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री केपी सर्मा ओलीलाई निमन्त्रणा गरिएको बताए । सुदुरपश्चिम महोत्सव मा यस क्षेत्रमा लाग्ने अन्य महोत्सव भन्दा बढी स्थानीय को सहभागीता रहने गर्दछ ।