कैलालीको अत्तरिया नगर उधोग बाणिज्य संघले गत बर्ष २०८० मा बिगत जस्तै महोत्सव को आयोजना गरेको थियो । महोत्सव आयोजक तत्कालीन नयाँ कार्य समिति थियो । जुन समिति ब्यबसायीबाट निर्बाचित नयाँ समिति थियो ।
समितिमा आएका अधिकांश सदस्य नयाँ नै थिए । महोत्सव राम्रै संग चलेको थियो तर महोत्सव को अन्तिम केही दिन बाँकी रहँदा मुल गेट मै नक्कली टिकट बिक्रि भएको सूचना संघका महासचिव शंकर खड्काले पाए । त्यसपछि नक्कली टिकट ठेली बरामद गरिए र रुजु गरेर संघले नै ती ठेलीहरु प्रहरीलाई बुझायो । त्यसपछि संघ भित्र विवाद चर्कियो ।
संघका अध्यक्ष कल्याण सिँ बोहराले संघका बहुमत सदस्य को दबाबमा संघका सचिब दिलिप कुमार साउँद 'दिपिन' र टिकट को जिम्मा लिने नेतृत्व गर्ने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा को नाममा किटानी दिए । त्यसको दोस्रो दिन स्वयं अध्यक्ष बोहरा ले अन्य दुई संघका महासचिव शंकर खड्का र सदस्य बम बहादुर बोगटी को नाममा पनि किटानी दिए । त्यस लगत्तै किटानी परेका चारै जनाले प्रहरी समक्ष स्वैच्छिक गिरफ्तारी दिए ।
प्रहरीले अनुसन्धान शुरु गर्दै उनिहरुमाथी बयान लियो । उनिहरुको बयान को आधारमा संघका अध्यक्ष बोहरा र निबर्तमान अध्यक्ष अशोकराज देबकोटा को नाममा समेत प्रहरी ले पक्राउ पुर्जी जारी गर्यो । नक्कली टिकट ठेली प्रहरीको ल्याब सम्म पुग्यो र अन्ततः ल्याबले पनि नक्कली नै भएको रिपोर्ट दियो । तर उक्त रिपोर्ट कतै सार्बजनिक गरिएको छैन । एक महिना बढी लामो प्रहरी हिरासतबाट ४ जनालाई बाहिर रहेर मुद्दा लडने छुट सरकारी वकिलको कार्यालयले प्रहरीलाई निर्देशन दियो ।
तर एक बर्ष सम्म मुद्दा को पेशी चढेन । अध्यक्ष बोहरा पक्षले मुद्दा को पेशी बारम्बार सारी नै रहे । यो बिचमा ब्यबसायीहरुको संघर्ष समिति बन्यो । समितिले पनि राजिनामा दिएर बिशेश अधिबेशनमा जान माग अगाडि सारेको थियो । तर अध्यक्ष बोहरा भने राजीनामा दिने पक्षमा कहिले देखिएनन् ।
उनी बरु संघको कार्यकाल नियमित गर्न चाहान्थे तर त्यस यता नियमित बैठक भने उनले बसाउन सकेनन् । बरिस्ठ उपाध्यक्ष पक्षले अध्यक्ष माथी नै मुद्दा लागेकाले उनको नेतृत्वमा बैठक बस्न नसक्ने सन्देश अध्यक्षलाई बारम्बार पठाइरहे । यो बीचमा सहमतीका प्रयास पनि भए तर त्यसले सार्थक परिणाम दिन सकेन ।
सहमति कै लागि अध्यक्षले नक्कली ठेली बाफत को रकम रु १ लाख २८ हजार संस्थाको खातामा भौचर मार्फत जम्मा गरे । त्यसयता पनि निरन्तर छलफल चली नै रहे । मंगलबार र बुधबार दुई पक्ष बिच पेचिलो छलफल भयो त्यसैको परिणाम अनुसार मुद्दा लागेकाहरु बिच मिलापत्र भयो ।
मिलापत्र लगत्तै उपाध्यक्ष खड्का पक्षीय १० जनाले संयुक्त राजनीति दिए । पत्रकार सम्मेलनमा बोल्दै खड्काले अहिले कै नेतृत्वमा संस्था अघि नबढने निष्कर्ष निकालेर आफुहरुले राजीनामा दिएको बताए । उनले अब ब्यबसायीहरुको चाहाना अनुसार बिशेश अधिबेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । अब संघले जबर्जस्ति गरेर कुनै कार्य अघि बढाए ती सबै कार्य अबैध हुने खड्काको बुझाई रहेको छ ।
अध्यक्ष को दाउ
संघका अध्यक्ष बोहरा मुद्दा छिटो भन्दा छिटो मिलाएर यो बर्षको महोत्सव आयोजना गर्ने मुडना थिए । उनी बारम्बार मुद्दा मात्रै मिलौ भनेर संघ भित्रका सदस्यलाई दबाब दिने गर्दथे । तर उनी नेतृत्व को नाताले यो घटना को जिम्मेवारी लिने पक्षमा कहिले देखिएनन् ।
बरिस्ठ उपाध्यक्षले केही समय अघि अध्यक्षले महोत्सवमा भएको गल्तीलाई सार्बजनिक रूपमा स्वीकार गरेरे बिज्ञप्ती निकाले मिल्ने समेत सन्देश पठाएका थिए । तर उनले लिखित कुनै पनि कुरा गर्न आफू तयार नभएको जबाफ फर्काए ।
त्यसपछि अर्को पक्ष झनै आक्रोशित बनेको थियो । खासगरी आफू माथी झुटो मुद्दा लगाइएको भन्दै कार्य समिति सदस्य बम बहादुर बोगटी कुनै हालतमा मिल्न नहुने बरु मद्दा लडने पक्षमा थिए । अध्यक्षले अनेक पर्यतन गरे पनि बोगटी मान्न तयार थिएनन् ।
अन्तिम सम्म पनि आफ्नै टिम भित्र दबाबमा परेपछि बोगटी मुद्दामा मिलापत्र गर्न सहमत भएका हुन । अब अध्यक्ष पक्ष संस्था को कार्य समितिमा अल्पमतमा परेको छ । संस्था को बिधानको २६ नम्बर बुँदामा अविश्वासको प्रस्ताव सम्बन्धि यस्तो ब्यबस्था गरिएको छ ।
(१) अविश्वासको प्रस्ताव लिखित रूपमा कुन कुन ग्याधिकारीका विरुद्ध हो स्पष्ट खुलाई तोकिए बमोजिमको रीत पुऱ्याई संस्थामा दर्ता गर्नु पर्नेछ
(क) नेपाली भाषामा शिष्ट शब्दको प्रयोग गरी लेखिएको हुनु पर्नेछ ।
(ख) प्रस्तावको विषय स्पष्ट र व्यवहारिक हुनु पर्नेछ ।
यस्तै संस्थाका बहुमत पदाधिकारीले राजिनामा दिएपछिको अबस्थाको बारेमा बिधानमा कल्पना गरिएको छैन । जानकारहरुका अनुसार निर्बाचित संस्थामा बहुमत सदस्यहरुले राजीनामा दिएपछि मनोनीत गर्न सक्ने ब्यबस्था हुँदैन । अध्यक्ष बोहरा अब के गर्ने भन्नेमा आफु निकट ब्यबसायी र आफ्नै माउ पार्टी काँग्रेसका नेताहरु सँग छलफल मै रहेको बुझिएको छ ।