कैलालीको अत्तरिया उधोग बाणिज्य संघका १० जनाले पदबाट सामुहिक राजीनामा दिएका छन् ।
बुधबार आज पत्रकार सम्मेलन गर्दै बरिस्ठ उपाध्यक्ष दल बहादुर खड्का सहित माहासचिव शंकर खड्का , कोषाध्यक्ष हेमराज भन्डारीले पनि राजीनामा दिएका छन् ।
यस्तै उपाध्यक्ष फागुराम चौधरी , चेतराज पन्त र सदस्यहरु बम बहादुर बोगटी, ज्ञानेन्द्र खड्का , बालकृष्ण ओझा, रमेश बोगटी र तेज बहादुर कार्कीले लगाएतले राजीनामा दिएका हुन ।
उनिहरुले संस्थाको मुल नेतृत्वले संस्थालाई अधि बढाउन नसकेको भन्दै राजीनामा दिएका हुन् । गत बर्ष संघले आयोजना गरेको महोत्सवमा भएको नक्कली ठेली बिक्रि अदालत पुग्दा समेत मुल नेतृत्वले जिम्मेवारी लिन नचाहेको उक्त समुह को आरोप छ ।
आज मात्रै नक्कली ठेली प्रकरणमा जारी मुद्दा दुबै पक्षले सहमति बाट मिलापत्र गरेका थिए। अदालतमा मुद्दा चलेका संघका पदाधिकारी को उपस्थितिमा मिलापत्र गरिएको थियो ।
गत बर्ष को महोत्सवमा संघकै पदाधिकारीले महोत्सवमा नक्कली ठेली भेटाएपछि संघका अध्यक्ष कल्याण सिँ बोहराले ४ जनाको नाम किटानी दिएपछि मुदा बिचाराधिन रहँदै आएको थियो ।
संघका बहुमत सदस्यले राजिनामा दिएपछि अब अध्यक्ष पक्ष अल्पमतमा परेको छ । अत्तरियाका ब्यबसायीहरुले भने नक्कली ठेली प्रकरण पछि संघका पदाधिकारीले नैतिकता को आधारमा राजिनामा दिएर बिशेश अधिबेशनमा जानुपर्ने माग गर्दै आएका थिए ।