गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेकाे बताएका छन्।
मंगलबार सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सुरू भएकाे प्रदेश स्तरीय सुरक्षा गाेष्ठीकाे उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पहिलाे आवश्यकता शान्ति स्थापना गराउनु भएपनि संगै अनुशासित पनि बन्नुपर्ने बताएका हुन्।
‘सबै भन्दा पहिलाे आवश्यकता शान्ति कायम गराउनु हाे, तर सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ,’ उनले भने।
गृहमन्त्री लेखकले मंसिर १६ मा हुन गइरहेकाे उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।
‘लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र मात्रै हाे, यसकाे रक्षा र सुदृढीकरण गर्नु हामी सबैकाे दायित्व हाे,’ उनले भने।
उनले लाेकतन्त्र मर्यादित व्यवस्था भएकाे बताउँदै लाेकतन्त्रमा अनुशासन अनिवार्य रहेकाे उल्लेख गरे।
गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए।
उनले सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै भने, ‘तपाईंहरूले काम गरिराख्नु भएकाे छ तर यतिले पुग्दैन। थप क्रियाशिलता र सक्रियता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन्।’
उनले सुरक्षा गाेष्ठी औपचारिकतामा मात्र सिमित नभई सुदूरपश्चिम प्रदेशकाे शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी याेजना बनाउने बताए।
गृह सचिव गाेकर्णमणी दुवाडीकाे अध्यक्षतामा सुरू भएकाे सुरक्षा गाेष्ठीमा नेपाल प्रहरीका प्रमुख बसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नाै वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतकाे सहभागीता रहेकाे छ।