दार्चुला जिप दुर्घटना प्रती एमालेद्वारा दुख ब्यक्त
धनगढी दार्चुलामा भएको जिप दुर्घटना प्रती एमालेले दुख ब्यक्त गरेको छ ।
नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटिले एक बिज्ञप्ती जारी गर्दै दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जिप दुर्घटना दुखद घटना घटेको जनाएको छ ।
पाटी प्रदेश सचिव रण बहादुर चन्दद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सो दुर्घटनाबाट मृत्यु हुनुहुने प्रती श्रदाञ्जली ब्यक्त गरिएको छ । घटना घटेको जनाएको छ ।
पाटी प्रदेश सचिव रण बहादुर चन्दद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सो दुर्घटनाबाट मृत्यु हुनुहुने प्रती श्रदाञ्जली ब्यक्त गरिएको छ । साथै दुर्घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना सहित घाइतेको उपचारमा सम्बन्धीत निकायलाई सक्रिय हुन आग्रह गरिएको छ ।
दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जिप शुक्रवार विहान ४ बजेतिर दुर्घटना भएको थियो।
म १ ज ३३८ नम्बरको जिप ग्वानीको बजानी नजिक दुर्घटना भएको थियो। दुर्घटनामा परी भारतको उत्तरप्रदेश राज्यको विजौर जिल्लाका ४५ वर्षका मोहम्मद सकिर, सोही ठाउँका १८ वर्षका मोहम्मद वसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–५ का ३० वर्षका विरेन्द्र रावल र उनकी २८ वर्षीया श्रीमती शान्ति रावल, शैल्यशिखर नगरपालिका वडा नम्बर–९ का ४५ वर्षका दिलिप विष्ट, सोही ठाउँका ४५ वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर–५ का ४५ वर्षीय विरेन्द्र सिह बोहरा र सोही ठाउँका १५ वर्षीय सुजिब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर–५ का ३५ वर्षका उत्तम रोकाया, दार्चुलाको मालिकार्जुन गाउपालिका–८ का चालक सुनील जोशी, शैल्यशिखर नगरपालिका–९ का ७ वर्षका सुमीत रावल र भारतीय नागरिक सोहील शाह गम्भिर घाईते भएका छन। शैल्यशिखर नगरपालिका–५ का प्रकाश सिह डाँगा भने सामान्य घाईते भएका छन्।