सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र 'ह्रस्व दीर्घ' कात्तिक ३० गते प्रदर्शन हुने भएको छ।
सोमबार धनगढीमा निर्देशक पन्तले पत्रकार सम्मेलनको अयोजना गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरुले अभिनय गरेको फरक कथावस्तुका साथ चलचित्र ह्रस्व दीर्घ प्रर्दशनमा आउन लागेको बताए ।
ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली,हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक पन्तले जानकारी गराएका हुन् ।
अभिनेता तथा नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ ।
अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत् फेरि देखिँदैछन् । चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रमा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ । विश्वकै ठूलो मनिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा चलचित्रको छयाङ्कन गरिएको छ ।
अभिनेता हरिरहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाँकार कवीरलालको छायांकन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ ।
यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौं भोजपुरी चलचित्रहरु निर्देशन गरिसकेका छन् ।