बझाङ – नेपाल सरकार र तत्कालिन नेकपा माओवादी बीच २०६३ मङसिर ५ गते शान्ति सम्झौता भएर नेपालमा सशस्त्र द्धन्द्ध समाप्त भएको १३ बर्ष पुग्दैछ । ०५२ साल फागुन १ गते बाट तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ नाम दिएर सशस्त्र संघर्ष सुरु गरेका थियो । १० बर्ष सम्म चलेको द्धन्द्धमा हजारै सहिद भए भने लाखैको संख्यामा आन्तरिक र बाह्य बिस्तापित भएका थिए । तिनै बिस्तापित मध्येका एक थिए बलविर नेपाली ।
रोल्पा जिल्लाको साविकको जेलवाङ गाविस ३ अहिलेको सुनछहरी गाँउपालीका घर भएका नेपाली द्धन्दका बेला २०५४ सालमा बिस्थापित भएका थिए । तत्कालिन नेकपा माओवादीले द्धन्द सुरु गरेका रोल्पा रुकममा द्धन्दले उग्र रुप लिईरहेका बेला आफ्नो ज्यान जोगाउन मुस्किल भएपछि नेपाल जन्मथलो छोडेर बझाङ आईपुगेका थिए ।
तत्कालिन समयमा ज्यान जोगाउन जन्मथलो छोडेका नेपाली २२ बर्ष पुगीसक्दा पनि घर फर्कन सकेका छैनन् । ५४ बर्षको उमेरमा थातथलो छोडेर परिवार सहित बझाङको सदरमुकाममा आएका नेपालीको दैनीकी अहिले निकै कष्टकर बनेको छ । नेपालीकोे दैनिकी अहिले सदरमुकाम चैनपुरको बाउली खोलाको किनारमा विहान ५ वजेको झिसमिसे उज्यालो सँगै राती ६ वजे सम्म गिट्टी कुट्दै बितिरहेको छ । उमेरले ७६ वर्ष कटिसकेका बलविर भन्छन– ‘पहिलाको जस्तो तागत छैन काम गर्न सक्दनै । त्यसैमा दम रोगको समस्या छ । उकालो हिड्न सक्दैन । निकै गाह्रो छ ।’
उमेर ७६ बर्ष पुगेको भएपनि उनले अझै नागरिकता बनाएका छैनन् । नागरिकता नहुँदा उनले सरकारले दिदै आएको विद्धभत्ता पनि पाउँदैनन् । ‘सरकारले वृद्व भत्ता दिन्छ भनेको सुनेको छु, त्यसका लागि नागरिकता चाहिने रहेछ । नागरिकता बनाउन बझाङको जिल्ला प्रसासनमा ४÷५ धाए नेताहरुलाई भने सबैले गाँउवाट बसाईसराई गरेको कागज ल्याउनुहोस भन्छन मै वुढो कता जाँउ, गाउँ गएर बसाईसराई ल्याउन पैसाको पनि समस्या छ ।’ लामो सास फेर्दै टाउकोमा हात राखेर नेपालीले भने – ‘दैनिकी चलाउन मुस्किल छ गाँउमा फर्केर जाँउ पैसा छैन यतै वसौ खान बस्न मुस्किल छ । किन बाचेको हुला कुन जुनिमा मैले पाप गरेछु ।’
नेपालीलाई न त सरकारले द्धन्द्धकालमा बिस्थापित भएकालाई सरकारले पुनस्थापनाका लागि सरकारले सहयोग गर्छ भन्ने थाहा छ न त कोही पनि उनलाई पुनस्थापना गर्नका लागि सहयोग गर्न आएका छन ।
उनले भने –‘बिभिन्न संघ सस्थाका मान्छेहरु त आउन्छन । नाम ठेगाना सोध्छन, के समस्या छ भन्छन, फोटो खिच्छन्, जान्छन फेरि फर्केर कोही आउदैनन् ।’
श्रीमती र २ छोराछोरी सहित द्धन्द्धकालमा बिस्थापित भएर बझाङ आएका नेपाली परिवारको दैनिकी अहिले नेपालीले दिनभरी गिट्टि कुटेर कमाएको पैसाले चल्दै आएको छ । नेपाली भन्छन –‘छोरिको बिहे भैसक्यो श्रीमती पनि मेरै उमेरकी छे केही काम गर्न सक्दिैन । छोरो पनि बेरोजगार छ ।’
बझाङको सदरमुकाम चैनपुरमा भाडामा बस्दै आएका नेपालीले गिट्टी कुटेर १ कट्टको ६० रुपैया दिने बताए । त्यसमा पनि गिट्टी कुटेवाफत खोलाको ढुङ्गाको जमिनवालाले भ्याट लिने गरेको नेपालीले बताए । उनले उमेर पनि बढी भएकाले गिट्टि कुटेर गुजारा गर्न निकै गाह्रो भएको बताए ।
द्धन्द्धकालमा बिस्थापिन नेपालीको बुढेसकालमा गाउँमै फर्कने धोको छ । उनले गाउँमै भएको बाझो जग्गामा खेती गर्ने, नागरिकता बनाएर सरकारले दिएको बृद्धभत्ताले भएपनि छाक टार्ने ईच्छा भएको बताए । साझ बिहानको छाक टार्न धौ धौ भएका नेपाली परिवारलाई गाउँ फर्कनकै लागि अहिले पनि आर्थिक समस्याले रोकेको छ ।