डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यस्तै अन्य १२ जना घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका-७, खसरेखानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनका दुई दिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए ।
प्रहरी निरीक्षक बमका अनुसार दुर्घटनामा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नम्बर ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नम्बर ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नम्बर ७ का २८ वर्षीय नवराज रतौकी र २० वर्षीय सुरेन्द्र रतौकी घाइते भएका छन् ।
यस्तै, पुर्चौडी नगरपालिका-१० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नम्बर ५ की ६५ वर्षीय धनमती साउँद र डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । बस सडकबाट करिब २५० मिटर तल खसेको छ ।