नेकपा (माओवादी) केन्द्रले सुदूरपश्चिम प्रदेश भूगोलमा रहेका केन्द्रीय कमिटिमा रहेका नेताहरुलाई जिम्मेबारी बाँडफाँड गरेको छ ।
माओवादी केन्द्र प्रदेश कमिटिले भूगोलमा रहेका केन्द्रीय सदस्यहरुलाई विभिन्न भूगोलदेखि विभाग, जनबर्गिय संघ संगठनहरुको जिम्मेबारी बाँडफाँड गरेको हो ।
मंगलबार माओवादी केन्द्र प्रदेश का इचार्ज गिरीराजमणी पोखरेलले जारी गरेको परिपत्र अनुसर प्रदेश भूगोलबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई संघीय निर्वाचन, प्रदेश निर्वाचन, सदन, विभाग जनबर्गिय संघ संगठनहरुको जिम्मेबारी दिईएको जनाएको छ ।
प्रदेश कार्यदलमा प्रदेश इन्चार्ज एव केन्द्रीय सचिव गिरीराजमणी पोखरेल, सदस्य स्थायी कमिटि सदस्य एव प्रदेश सह इन्चार्ज खगराज भट्ट, केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज बिना मगरलाई राखिएको छ। प्रदेशका ९ वटै संघीय र प्रादेशिक निर्वाचन क्षेत्रमा इन्चार्ज तोकिएका छन ।
कञ्चनपुर निर्वाचन क्षेत्र १ दिपा चौधरी(क)बिरबल विश्वकर्मा, (ख)दिपा चौधरी, क्षेत्र २ निर्मला बडाल(जोशी), क्रमस प्रदेश निर्मला बडाल, गोबिन्द विक, क्षेत्र ३ इन्चार्ज मान बहादुर सुनार क्रसम माया नेगी, मान बहादुरलाई जिम्मेबारी दिएको छ ।
कैलाली क्षेत्र १ तिल बहादुर परिवार, प्रदेश क्रमस हरिराम श्रीपाली, पदम गिरी, क्षेत्र २ लाल बहादुर सोडारी, प्रदेश क्रमस गोबिन्द, तिम्लिसिना, बिमला सिह(न्यौपाने)र्, क्षेत्र ३लक्ष्मीराम आचार्य प्रदेश क्रमस झत्त बहादुर विक, बिक्रम विक, क्षेत्र ५ ओम पुन प्रदेश क्रमस गंगा चौधरी, शान्ति नेपालीलाई जिम्मेबारी दिएको छ ।
यस्तै अछाम क्षेत्र १ दिपक बहादुर साउद प्रदेश क्रमस दिपक बहादुर साउद, लोक बहादुर बोहरा(ज्वाला), क्षेत्र २ राम प्रशाद तिम्सिना, प्रदेश क्रमस राम प्रशाद तिम्लिसिना, मोतिकला चलाउने, डोटी क्षेत्र १ इन्चार्ज त्रिलोचन प्रशाद भट्ट प्रदेश क्रमस डम्बर बहादुरु घर्ती(मगर), जंग बहादुर विक,डडेल्धुरा निर्वाचन क्षेत्र १ कुन्ती जोशी, प्रदेश क्रसम भारत धानुक, बैतडी निर्वाचन क्षेत्र १ नरेन्द्र बहादुर कुँवर, प्रदेश क्रमस दल बहादुर धामी(अग्नी),भुवनचन्द्र विक, दार्चुला निर्वाचन क्षेत्र १ लक्ष्मण दत्त जोशी, प्रदेश क्रमस लक्ष्मण दत्त जोशी, ललित सिह ठगुन्ना, बझाङ्ग निर्वाचन क्षेत्र १ मिन बहादुर कुँवर प्रदेश क्रमस मिन बहादुर कुँवर,मनलाल खत्रीलाई जिम्मेबारी दिएको छ ।
यसैगरी माओवादी केन्द्रले ३२ विभाग र ३२ जनबर्गिय संघ संगठनहरुको समेत जिम्मेबारी तोकेको छ ।