कैलालीको अत्तरिया मा 'यसपाली को दशै तिहारमा सुदुरपश्चिम कै खाने, सुदुरपश्चिम कै लाउने' भन्ने अभियानका साथ लाग्ने भनिएको प्रदर्शनी स्थगित गरिएको छ । नेपाल चेम्बर अफ कमर्श सुदुरपश्चिम प्रदेश , कैलाली चेम्बर अफ कमर्स र समृद्ध सुदूरपश्चिम अभियान को आयोजनामा सुदुरपश्चिम प्रदेशका उत्पादन बस्तुहरु को बिक्री बितरण, प्रबर्द्धन र प्रदर्शनी वजार लाग्ने भएको थियो ।
तर स्थानिय ब्यबसायीले अबरोध गरेपछि बिबाद बढेको थियो । बिबाद समाधानको लागी मंगलबार गोदावरी नगरपालिका नगरप्रमुख बिरेन्द्र भट्टको कार्य कक्षमा छलफल पनि भएको थियो । तर छलफलमा सहमती जुटन सकेन । ब्यबसायीहरुले दसैं को बेला मेला लगाउँदा आफुहरुको ब्यापारमा असर पर्ने भएकाले मेला लगाउन नहुने तर्क गरेका थिए ।
तर प्रदर्शनीको आयोजना गर्ने कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारी ले ब्यबसायीहरुले भने जस्तो बजार आफुहरुले लगाउन नखोजेको बरु यँहाका मौलिक उत्पादनको प्रदर्शनी गर्न खोजेको जिकिर गरे । उनले नगरपालिकाले प्रदर्शनी लगाउन अनुमती दिएको तर तर अहिले आएर आफ्नै निर्णयबाट ब्याक भएको बताए ।
ब्यबसायीहरुले दबाब बढाएपछि नगरप्रमुख भट्टले चेम्बरका प्रतिनिधीलाई दसैं तिहार पछि प्रदर्शनी मेला लगाउन आग्रह गरेको बुझिएको छ । प्रदर्शनी मेलाको स्थानिय ब्यबसायीहरुले चर्को बिरोध गरेपछि गत बर्ष महोत्सबमा बिबादित बनेको अत्तरिया उधोग बाणिज्य संघ सकृय बनेको छ । संघका पदाधिकारीहरु बिहानै देखी प्रदर्शनी स्थलमा पुगेका थिए । उनिहरु पछि इलाका प्रहरी कार्यालय मालाखेती र नगर प्रमुख सँगको छलफलमा पनि सहभागी भएका थिए ।
कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष अधिकारीले नगरप्रमुख सँग छलफल भएको तर आफुहरुले प्रदर्शनी नगराउनु भनेर नगरपालिकाले लिखित पत्र दिनुपर्ने माग राखेको बताए । उनले अब के गर्ने भन्ने छलफल गररे मात्रै बताउन सकिने बताए । आयोजकले प्रदर्शनीको लागी सबै तयारी पुरा गरेर स्टल समेत राखिसकेको छ ।
गोदावरी नगरपालिकाले प्रदर्शनी बजार सञ्चालन गर्न दिएको अनुमती पत्र ..
स्थानिय ब्यबसायीहरुले प्रदर्शनीस्थलमा भत्काएको गेट ..