नेकपा (एमाले) का सचिब लेखराज भट्टले सुदुरपश्चिमको बृहत बिकास को लागि यहाँको नेतृत्व एक ठाउँमा उभिनुपर्ने बताएका छन् । आज अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालय को बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'अहिले सवै आत्म केन्द्रित देख्छु मैले , अब यो यत्रो मिहेनत गरेर हामिले गेटा मेडिकल बिश्वबिद्धालय बनाउने भन्यौं । मान्छेका आ -आफ्ना स्वार्थ छन् , त्योलाई हुन नदिन पुरै कसरत गरेर लाग्या छन् । मैले डडेलधुरा को बिरोध गर्या होइन मेडिकल त्यहाँ आबश्यक हो कि होइन । अब अहिले पहाडी जिल्लाका हामी सबै तल माइग्रेट भएका छौँ । अब हामी कहाँ लगेर मेडिकल कलेज बनाउँदै छौँ भने जहाँ जनसंख्या नै छैन , बिरामी छैन , त्यहाँ बनाउँदै छौँ जहाँ राज्य को ७-८ करोड खर्च भैसक्यो त्योलाई हुन नदिन पुरै कसरत गरिराख्या छन् । त्यो बिषयमा हामी एक ठाउँमा हुन सक्छौं कि सक्दैनौं,' भट्ट ले भने,' यहाँ तर्क आइरहेका छन् किन बिश्वबिद्धालय चाहियो मेडिकल कलेज भए भैगो नि ? त्य्सो भए किन टियु चाहियो , किन सुदुरपश्चिम बिश्वबिद्धालय चाहियो त ? हामी देशकै बिश्वबिद्धालय बनाउन लागेका छौँ तर हाम्रै क्षेत्रका राजनीतिमा लागेका , सामाजिक क्षेत्रमा लागेका मान्छेहरु किन बिश्वबिद्धालय चाहियो भन्छन् ?'
पुर्बमन्त्री समेत रहेका भट्टले सुदुरपश्चिम प्रदेशको राजधानी को बारेमा प्रदेश सरकारले उच्चारण नै गर्न छोडेको बताए ।
'अन्य प्रदेशले राजधानी बनाइसके । कानुन मै के छ भने सिमा भन्दा १५ किलोमिटर बाहिर बनाउनु तर राजधानी को लागि सबै काम गर्यौ अहिले प्रदेश सरकारले उच्चारण पनि गर्या छैन। हुन त अहिले एमाले र कांग्रेस को एलायन्स सरकार छ । त्यो मुलुक को आबश्यकता थियो । अब हाम्रो आबश्यकता अनुसार राजनीति नभनेर अगाडी बढौ,' उनले भने ।
भट्ट ले यहाँका बिकासका ठुला परियोजनाको बारेमा बौद्धिक बहस हुनुपर्ने समेत बताए ।