कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बासी आन्दोलनमा छन् । असोज ६ गतेदेखी उनिहरु वडा कार्यालय मा ताला लगाएर आन्दोलनरत छन् ।
वडा नम्बर ९ का अध्यक्ष रामलाल रानालाई खुटिया नदीबाट संकलन भएको राजश्वको २५ देखी ३५ प्रतिशत रकम यहि क्षेत्रमा विनियोजन गर्नुपर्ने सहित विभिन्न पाँच माग राख्दै स्थानीयले ज्ञापन–पत्र बुझाएका थिए ।
त्यसैदिन नगर प्रमुख, इलाका प्रहरी कार्यालय मालाखेती, धनगढी उप महानगरपालिका,सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि उनीहरुले ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन–पत्रमा उनीहरुले यस क्षेत्रका दैनिक चलनचल्तीमा आउने प्रमुख बाटो (मड्ङ्कट्टी वेला धनगढी जोड्ने सडक यही आर्थिक वर्षमा कालो पत्रे हुनेगरी बजेट रातो कितावमा समावेश गराइनुपर्ने साथै अन्य क्षेत्रका बाटा घाटा पनि कालो पत्रेको लागी समावेश गरिनु पर्ने माग पनि गरेका छन् ।
त्यस्तै कन्ट्रक्सनहरु संचालन गर्दा समाजलाई मध्यनजर गरी कानुनले तोकेको क्षेत्रभित्र राज्यले दिने अनुमती लिएर मात्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइ दिनुपर्ने माग पनि पत्रमा समावेश गरीएको छ ।
यस क्षेत्रको विकासका लागि आएको बजेट प्रत्येक आर्थिक वर्षमा जनतालाई पुर्ण रुपमा वडामार्फत जानकारी हुनेगरी कामको क्षेत्र तोकेको जम्मा बजेट स्पष्ट सम्बन्धीत वडामा आएको रातो किताबवाट आफ्नो वडाको मात्र सूचना निकाली जानकारी हुनुपर्ने तथा अव उप्रान्त विकासका हरेक क्षेत्रलाई प्राथमिकताका साथ रातो किताबमा उल्लेख गर्नुपर्ने सम्झौता हुनुपर्ने उनीहरुले माग गरेका थिए ।
आफुहरुका माग सम्बोधन नभए थप आन्दोलनमा जाने सोहि दिन नै उनीहरुले बताएका थिए ।
सोहि दिन मुरकट्टीका भलमन्सा कुत्तुलाल रानाको संयोजकत्वमा संघर्ष समिति पनि गठन गरीएको छ । आन्दोलन कै क्रममा उनिहरुले नगरपालिका घेराउ समेत गरेका छन् ।
वडा नम्बर ९ का भोलुवा रानाले जनताका मागबाट भागेर नगर प्रमुखले सुख नपाउने बताए । वडा नम्बर ९ बासी शान्तिपुर्णरुपमा आफ्ना माग लिएर पटकपटक आउँदा पनि नगर प्रमुखले चासो नदिएको उनले आरोप लगाए ।
माग पुरा नभएसम्म वडा कार्यालयमा लगाइएको ताला नखोल्ने उनको भनाई छ ।