धनगढी - पूर्वप्रधानमन्त्री एबम् नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले नेपाल भारत बिच देखिएको सिमा विवाद कुटनैतिक तवरबाट समाधान गर्नुपर्ने बताएका छन् । आज धनगढी विमानस्थलमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापती देउवाले सिमा अतिक्रमणको बिषयमा सरकारले कुटनितीक पहल अगाडि चाल्नुपर्नुे बताएका हुन् ।
सडकमा नाराजुलुस गरेर सिमा बिबादको समस्या समाधान नहुने भन्दै उनले यसका लागि चतिसक्दो चाडो कुटनितिक पहलवाट समाधान गर्न सरकारलाई सुझाव दिए । उनले भारतले भरखरै सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा समावेश गरेको सुदूरपश्चिमको लिपुलेक, कालापानि, लिम्पियाधुरा नेपालकै भुमी भएकाले यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताए ।
चीन, भारत र नेपालको त्रिदेशीय सीमानामा रहेको लिपुलेक तीन देशको व्यापारिक नाका बताउँदै उनले कालापानी र लिम्पियाधुरा नेपालकै भूमि भएकाले यसमा विवाद गर्न जरुरी नरहेको बताए । उनले महाकाली सन्धीमा महाकालीको पानि दुवै देशको साझा हुने गरी सहमति भएको र लिपुलेक तिनै देशको व्यापारीकेन्द्रको रुपमा सहमति भएको बताए ।
भारतीय पक्षले हालै लिम्पियाधुरा , कालापानी र लिपुलेकको भूभागलाई भारतीय भूमिको रुपमा रहेको नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसबारे चर्को विरोध हुँदै आएको छ । देउवाले उप निर्वाचनमा एकजुट भएर आ आफ्नो उमेदवारलाई जिताउन आग्रह गरे । आगामी मंसीरमा हुने उप निवार्चनमा नेपाली कांग्रेसले एकजुट भएर सबै लाग्नु पर्छ’ देउवाले भने –‘ अहिलेको दुई तिहाईको दम्भलाई तोड्नुपर्छ ।’
देउवाले आगामी उपनिर्वाचनमा कांग्रेसको कुनै दलसँग तालमेल नरहने स्पष्ट पारे । साथै उनले नेविसंघको नयाँ नेतृत्व पनि अब चाँडै चयन हुने बताए । सभापति देउवा सँगै उनकी पत्नी आरजु देउवा पनि धनगढी आएकी छन् । देउवाले भोली कञ्चनपुरमा हुने नेपाल शिक्षक संघको प्रदेश भेलालाई सम्बोधन गर्नुहुने छ ।