कैलाली उधोग बाणिज्य संघले संघिय सरकार का उधोग बाणिज्य तथा आपूर्ति मन्त्रीले दामोदर भन्डारीलाई स्वागत गरेको छ ।
सो अबसरमा यहाँका उधोगी ब्यबसायीहरुले मन्त्री भण्डारी समक्ष आफुहरुले भोगिरहेका समस्याको बारेमा जानकारी गराएका छन् । इटा ब्यबसायी बिनोद कुमार शाहले इटा क्षेत्रका ब्यबसायीहरुले भोगिरहेको समस्याको बारेमा जानकारी गराए । होटेल ब्यबसायी संघ कैलालीका अध्यक्ष के
शब पाण्डेले होटेलहरु को वर्गीकरण गरिदिन आग्रह गरे। उनले भने ,"सबै होटेल एउटै लेभलमा राखेर भएन । हामीलाई पनि उधोग सरह को मान्यता दिनु पर्यो । बिधुतमा करमा सेवा क्षेत्रको जस्तो हामिलाई सुबिधा दिनु पर्यो ।"
कैलाली उधोग बाणिज्य संघका पुर्ब सदस्य एबम बिजुली ब्यबसायी शिव कुमार फुलाराले सुदुरपश्चिमले उधोगमन्त्री पाउँदा नि यहाँका मेघा प्रोजेक्ट शुरु नहनु दु:खद भएको दुखेसो पोखे ।
उनले भने," गेटा मेडिकल कलेज किन शुरु भएन, मन्त्री जि तपाईं को कार्यकालमा कम्तीमा शुरु गर्नुस् ।" संघका पुर्ब सचिब सिद्धराज पनेरुले तत्कालीन गोपाल हमाल संघ को अध्यक्ष हुँदा २१ किलो को माला लगाएर सुदुरपश्चिम महोत्सवका प्रमुख अतिथिलाई कैलालीमा उधोग क्षेत्र खोल्ने पनि माग पनि थियो तर क्षेला औद्योगिक क्षेत्र को शिलान्यास भयो तर कार्यान्वयन हुन सकेन, उनले अगाडि भने ,"कैलालीमा उधोग नभए सम्म अरु ठाउँले खासै अर्थ राख्दैन। हाम्रो बिरोध क्षेला म उधोग क्षेत्र भयो भनेर होइन तर कैलालीमा उधोग क्षेत्र चाहिन्छ । त्यसमा सरकार को ध्यानाकर्षण होस् ।"
यस्तै जुत्ता उत्पादन ब्यबसायी राजेन्द्र रम्तेलले आफुले स्थानीय स्तरमा उधोग खोलेको भए पनि सरकारको तर्फ बाट कुनै सुबिधा नपाएको गुनासो गरे ।
उनले भने," घर घरमा सबैले जुत्ता को प्रयोग गर्छन् तर मन्त्री ज्यु छाला जुत्ता उधोग को लागि केही योजना बनाउनहोस् । घर घरमा सबैले लगाउँछन् तर चाइना भारतमा बनाएको जुत्ता संग प्रतिष्पर्धा गर्न हामिलाई गाह्रो छ । "
आयोजक संघ का महासचिव ओम बिष्ट ले यहाँका साना ठुला ब्यापारी बचाउन सिमा क्षेत्रमा कडाइ गरिनु पर्ने माग गरे ।"घरको सामान ल्याउने बहानामा यहाँ का ब्यापार त सकियो नि । बिल चेक मा कडाई गर्नु पर्यो , ब्यबसायीलाई सहज हुने बाताबरण मिलाउनु पर्यो , ब्यबसायीलाई प्रताडित हुने कार्य गर्नु भएन," उनले भने ।
सबैका कुरा सुनिसकेपछि मन्त्री भण्डारीले सबैका प्रश्न का जबाफ फर्काए । उनले भने ,"निजि क्षेत्र को लागि यो सुनौलो अबसर हो । दुई ठुला पार्टी को सरकार बनेको छ । नितीमा भएको जटिलता फुकाउन सजिलो छ । यस्तो अवस्था कहिले आउँछ । त्यो भन्दा बढी सरकारले के गर्न सक्छ र ? नितीमा सहज नबनाएसम्म उधोग ब्यबसाय फस्टाउन सक्दैन भन्नेमा सरकार प्रष्ट छ ।"
निजि क्षेत्र कोरोना पछि सबै भन्दा बढी प्रभावित क्षेत्र हो भन्ने सरकार को ठहर रहेको मन्त्री भण्डारी को जोड छ । "आपूर्तिलाई सहज बनाउन सरकार लागेको छ । सिमा क्षेत्रमा कडाइ गर्न हामी तयार छौँ , त्यसको लागि यहाँका निजि ब्यबसयीहरुले स्वच्छ ब्यापार गर्ने बाताबरण बनाउन तिर उधोग बाणिज्य संघहरु लाग्नु पर्यो नि । एक सय बढी को सामानमा अब भन्सार लाग्छ अनि तपाईंहरु आन्दोलन गर्न नआउनु होला ।"
मन्त्री भण्डारीले औद्योगिक क्षेत्र दैजी क्षेला को कार्य अगाडि बढाइएको समेत जानकारी गराए । "बन क्षेत्रमा पर्ने उक्त परियोजना को ईआइए को कार्य भैरहेको छ ।९ अर्ब लागत इस्टमेट हो । त्यो काम अगाडि बढछ ।"
यस्तै उनले चिनिको मुल्य दुई अंकमा रहने गरि चाडबाड लक्षित सुपथ मुल्य देशभर खोलेका बताए । उनले दोधारा चाँदनीमा शुख्खा बन्दरगाहको छिट्टै उदघाटन हुने समेत जिकिर गरे ।मन्त्री भण्डारीले गेटा मेडिकल कलेज सुदुरपश्चिम को गौरव को योजना रहेको समेत दाबी गरे ।
" गेटा मेडिकल कलेज संसदको समितिमा छलफल जारी छ । बजेट छुट्याइएको छ । सुदुरपश्चिम को गौरब को परियोजना बिश्वबिद्धालय हो । सरकार को उच्च प्राथमिकता मा रहेको छ । यसमा कसैले पनि शंका नगरे हुन्छ । "