अत्तरिया - कैलालीको अत्तरियामा मंगलबारदेखी सुरु भएको सम्बृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरकृया आज सकिएको छ । अत्तरिया स्थित दिवस सिनेमा हलमा ३ दिन सम्म संचालन गरिएको प्रशिक्षण तथा अन्तरकृयामा आज सकिएको हो । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी चेम्बर अफ कर्मशले आयोजना गरिएको उक्त कार्यक्रममा तिन दिन सम्म बिभिन्न क्षेत्रका बौद्धिक ब्यक्तित्वहरुले प्रशिक्षण दिएका थिए ।
गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लको सभापतित्वमा सम्पन्न कार्याक्रमम गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको रहनुभएको थियो । यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत बिशिष्ठ अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख साउँदले तिन दिनको यो कार्यक्रममा सबैका लागि उपलब्धीमुलक भएको भन्ने आफुले बिश्वास लिएको बताए ।
उनले सम्बृद्ध भन्नाले सडक ,बाटोघाटो , पुलपुलेसा बन्नु मात्रै नभई सम्पुर्ण जनताको जनचेतनाको बिकास , मेहेनत र मानब जिवनलाई चाहिने अतिआवश्यक कुराहरु सबैले प्राप्त गरेमा त्यो नै सम्बृद्ध हुने बताए । उनले एक दुई जनाले चाहेर मात्र गोदावरी नगरपालिका सम्बृद्ध बन्न नसक्ने भएकाले यसका लागि सबैले सकारात्म सुझाव , सल्लाहा र सहभागिता जनाउनुपर्ने बताए । यस्तै उप प्रमुख रत्ना कडायतले सम्बृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमवाट गोदावरी नगरपालिकालाई सम्बृद्ध र नमुना नगरपालिका बनाउन थप टेवा पुगेका बताइन् ।
नगरपालिकालाई सम्बृद्ध बनाउन सबै नगरबासीको सुझाव र सल्लाहाको आफुहरुले अपेक्षा गरेको बताइन् । यस्तै उनले आफ्नो गाँउ ठाउँमा भैरहेका बिकास निर्माणका काममा सबैले आ आफ्नो ठाउवाट खबरदारी गरेमा मात्रै नगरपालिकाको बजेट र योजना सहि र अतिआवश्यक ठाउँमा जाने बताइन् । गोदावरी नगरपालिकाका प्रबक्ता एबम गोदावरी १ का वडाअध्यक्ष शर्मानन्द भट्टले चेम्बर अफ कर्मशले गरेको कार्यक्रम नगरपालिकाको हितका लागि निकै फाइदाजन रहेको बताए ।
उनले आफुसंग भएको सानो तिनो पुजीको सही सदुपयोग गर्दै सबै नगरबासी ब्यबसायी बनेमा नगरपालिका आफै सम्बृद्ध बन्ने बताए । उनले यसका लागि नगरपालिकाको पुर्ण सहयोग रहने प्रतिबद्धता जनाए । कार्यक्रमलाई सफल पार्न सहयोग पुञ्याउने सबै संघसंस्थालाई धन्यवाद दिदै आयोजक चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताए ।
कार्यक्रमको पहिलो दिन मंगलबार कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.पदमराज जोशी , कान्तिपुर पत्रिकाका सुदुरपश्चिम ब्युरो प्रमुख चित्राङग थापा र कैलाली हाडबेयस संघका अध्यक्ष सुरेन्द्र राठी र बरिष्ठ पत्रकार घन बा शाहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
दोसा्रे दिन बुधबार शिक्षाबिद् डा. हेमराज पन्त , सामाजिक अभियान्ता गोपाल हमाल , सुभाष शाही र वरिष्ठ पत्रकार दिल बहादुर छत्यालले प्रशिक्षण दिएको थिए । यस्तै आज अन्तिम दिन नेपाल कै एक मात्र विजनेश कोच एबम् नेपाल सरकारका परामर्शदाता शेषमणि दाहालले प्रशिक्षण दिएको आयोजक गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लले जानकारी दिए । सुदुरपश्चिम प्रदेशको स्थायी राजधानीसंग जोडिएको गोदावरी नगरपालिकालाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्ने उध्ेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कर्मशले जनाएको छ ।
कार्यक्रमलाई सफल पार्न सहयोग पुञ्याउने सबै संघसंस्थालाई सम्मान पत्रले सम्मानित समेत गरिएको थियो । कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ अत्तरिया सिटि , अत्तरिया जेसिज , अत्तरिया बजार ब्यबस्थापन समिती र गोदावरी होटल ब्यबसाय संघले सहयोग गरेका छन् । उक्त कार्यक्रममा यस क्षेत्रका बिभिन्न बिधालयका बिधार्थीहरुसंग बिभिन्न समाजसेवी , बुद्धिजिविहरुको उपस्थिती रहेको थियो ।