एसइईको परिक्षामा कैलालीको गोदावरीबाट उत्कृष्ठ नतिजा ल्याएका तिन जना बिद्यार्थीहरुलाई राष्ट्रिय शिक्षा दिवसको अबसरमा गोदावरी नगरपालिकाले नगद रकम, प्रमाणपत्र सहित सम्मान गरेको छ ।
यस्तै नगरपलिकाले शिक्षक सेवामा सेवा निवृत हुने शिक्षक ,कर्मचारी, बक्तित्व कला, निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने लगायत विभिन्न विधामा सबैलाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।नगरपालिकाको शिक्षा शाखाले आज कार्यालयमै बोलाएर गोदावरीका तिन बिद्यायलबाट ४ जिपिए ल्याएका तिनजना बिद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया र शिक्षा शाखाले एसईईमा ४ जिपिए हासिल गरेका अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माविकी छात्रा नितिका अवस्थी, सत्यवती एकेडेमीका निर्मल ठगुन्ना र सैनिक आवासीय महाविद्यालय तेघरीका बिकास रावतलाई अबिर र खादा सँगै नगद रकमले सम्मान गरेका छन् ।
त्यसै गरी सो अवसरमा नगर स्तरीय निबन्ध लेखन प्रतियोगितामा अत्तरियामा रहेको लोटस आई सेकेन्डरी स्कुलका विद्यार्थी विवेक बोहरा प्रथम भएका छन् । नगरपालिकाले सोमबार ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ शीर्षकमा विवेक प्रथम भएका हुन ।
प्रतियोगितामा दुर्गालक्ष्मी नमुना मावि की सन्ध्या अवस्थी द्धितिय, दुर्गा मावि कोल्मुडाका लक्ष्मण प्रसाद भण्डारी तृतीय र किड्स जोनका तनीस पाठकले सान्त्वना स्थान हात पारेका छन् ।