अत्तरिया - कैलालीको अत्तरिया बजार आसपास जडान गरिएका सडक बत्तिहरु रातिको समयमा बल्नै छोडेका छन् । सुदुरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार एबम् यस क्षेत्रको मुख्य ब्यापारीक केन्द्र अत्तरिया बजार क्षेत्रभित्र बिजुलीका पोलमा जडान गरिएको सडक बत्तिहरु रातिको समयमा बल्नै छोडेका हुन् ।
रातिको बेला बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहजता होस र रातिको समयमा हुने चोरीडकैती तथा अनैतिक कृयकलापहरु रोक्नमा मद्दत पुञ्याउने उध्ेश्यकले जडान गरिएका सडकबत्तीहरु बन्द हुदा अहिले रातिको समयमा बजार क्षेत्र अन्धकारमय बन्ने गरेको छ ।
आज भन्दा ६÷७ बर्ष पहिले अत्तरिया उधोग बाणिज्य संघको पहलमा बजार क्षेत्रमा सडक बत्तीहरु जडान गरिएको थियो । नगरपालिका स्थापना हुनुपुर्व अत्तरिया उधोग बणिज्य संघले बजार क्षेत्रको सम्पुर्ण कामहरु गर्दै आएको थियो ।
बजार क्षेत्रको फोहोरमैला ब्यबस्थापन देखी सिसि टिभी क्यामरा र सडकबत्ती जडान सम्मको काम गर्दै आएपनि अहिले यो सबै अधिकार गोदावरी नगरपालिकाले आफुसंग राखेको उधोग बाणिज्य संघ अत्तरियाका कार्यालय प्रमुख गम्भिर साउँदले जानकारी दिए ।
उनले यस सम्बन्धि अहिले उधोग वाणिज्य संघलाई कुनै अधिकार नभएको बताए । प्रदेशको स्थायी राजधानी संग जोडिएको बजार क्षेत्र रातिको समयमा अन्धकारमय हुदा चोरी डकैती , लुटपाट , अनैतिक कृयकलाप जस्ता घटनाहरुको सम्भावना बढ्दो देखिन्छ ।
बजार क्षेत्रको सडक बत्ती लामो समयदेखी बन्द देखिएको अत्तरियामा स्थित महारुद्र फार्मेसीका संचालक नविन भट्टले बताए । उनले आफु केहि अबेर सम्म पसलमा बस्दा आफ्नो अगाडी बिजुलीको पोलमा लगाएको बत्ती बल्न छोडेको बताए । रातिको बेला अत्तरिया स्थित महेन्द्रनगर रोड , पहाड रोड , बस पार्क अगाडी लगाइएको कुनै पनि सडकबत्तीहरु नबलेको गोदावरी न्युज टिमले पाएको छ ।
यति मात्रै होइन हजारौ रकम खर्च गरेर जडान गरिएका सडकबत्तीहरु टुटेर तल झरेका छन् । रातिको समयमा बजार क्षेत्रको शान्ति सुरक्षा लगाएत अन्य संमेबदनशिलतालाई हरेर चाडो बत्तीहरु सुचारु गरिनुपर्ने बजारबासी बताउँदछन् ।
बजार क्षेत्रमा जडान गरिएको सडकबत्तीहरु लामो समयदेखी बन्द हुदा गोदावरी नगरपालिका भने बेखबर रहेको छ । उता गोदावरी नगरपालिकाका प्रवक्ता एबम् वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टले सुरुमा बजार क्षेत्रमा उधोग बाणिज्य संघले सडकबत्ती लगाएपनि पछि निकालिएको र त्यसपछि पुन नगरपालिकाले जोडेको जानकारी दिए । उनले यस बिषयमा जानकारी नभएकाले अब बुझेर बिग्रिएका सडकबत्तीहरु जडानका लागि पहल गरिने बताए ।