नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीम रावलका समस्या पार्टी केन्द्र सँग रहेको बताएका छन । नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममालाई शनिबार धनगढी पार्टी कार्यालयमा सम्बोधन गर्दै सचिब भट्टले यस्तो बताएका हुन ।
‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो । तर उहाँ तलतल आउनुभयो । जस कारण सुदूरपश्चिममा पार्टीभीत्र समस्या देखियो’ ईञ्चार्ज भट्टले भने ।
‘जुन जिल्लामा गएपनि उनको गुटको भेला हुने, नेता कार्यकर्ताहरुलाई भडकाउने कार्यहरु भएका छन । उहाँको समस्या पार्टी नेतृत्वसँग हो भने उहाँले नेतृत्वसँगै गएर समस्या समाधान गर्नुपर्छ । तल तल आएर गतिबिधि गर्न थालेपनि पार्टी विग्रीन थालेको छ’ ईञ्चार्ज भट्टले भने ।
उनले पार्टीले ‘मीशन ८४’ भन्ने नारा ल्याएपनि पार्टीभीत्रको आन्तरिक एकता यस्तै रह्यो भने उक्त मीशन सफल नहुने बताए । ‘पार्टीले मीशन ८४ को नारा ल्याएको छ । यो भनेको आउदो ८४ को निर्वाचनमा संघ, प्रदेश र स्वाथीय तहमा एमालेको बहुमतको सरकार बनाउनु हो, तर सुदूरपश्चिममा पार्टीको आन्तरिक एकतामा सुधार भएन भने मीसन ८४ सफल पार्न सकिदैन’ नेता भट्टले भने ।
सल्लाहकार परिषदले पार्टीभीत्रको अन्तरविरोध पहिचान गर्ने, पार्टीभीत्रका गुटहरु कुनै का पक्षमा पनि नलागेर स्वतन्त्र रुपमा त्यसको समाधान गरी आन्तरिक एकता बढाउने कार्य गर्नुपर्ने नेता भट्टको भनाई थियो । उनले अहिले नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने प्रबृती बढेको बताए ।
‘नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने, पार्टी र संगठन बनाउन जनता माझ नजानेहरुको बोलबाला पार्टीभीत्र बढीरहेको छ । नेतृत्वले आफ्नो नजिकको मान्छे, आफ्नो मान्छे नभनेर एमालेको मान्छे भनेर मुल्यांकन गर्नुपर्छ’ नेता भट्टले भने ।