विपि कोईरालाको १११ औं जन्मदिनको अबसरमा बिपन्न एव् अपाङ्गता भएका गोदावरी -१० का डम्मरे कामीको घर निर्माणको कार्य शुभारम्भ गरिएको छ ।
गोदावरी नेपाली कांग्रेसको अभियान 'जस्को कोही छैन उसको नेपाली कांग्रेस' अन्तर्गत उक्त घर निर्माण गर्न लागिएको हो । घरको एक कार्यक्रमका बिच सोमबार गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले शिलन्यास गरे ।
उक्त अभियान केही समय यता गोदावरीमा कांग्रेसले गर्दै आएको छ । जसको अगुवाई नगर सभापती वीर बहादुर चोखाल र सचिब योगेश भट्टले गर्दै आएका छन । आगामी दिनमा पनि बिपन्न तथा अन्य निम्न आय भएका परिवारलाई लक्षित गरेर अभियान जारी राखिने कांग्रेस नगर ले जनाएको छ ।
भबन शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभासद तुलसी देवकोटा, नगर सभापति विर बहादुर चोखाल, क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, नगर सचिव योगेश भट्ट, गोदावरी -१० का वडा अध्यक्ष रबिन्द्र शाही , नेपाल तरुण दल नगर सभापति रमेशराज भट्टराई, उद्धार समिति संयोजक प्रेम कुमाल, कांग्रेसको गोदावरी – ३ का उपसभापति बेद प्रकाश पाण्डेय, टोल सभापति दुर्गा दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो ।
यस अघी आज नै बिपि जयन्तीको अबसरमा नेपाली कांग्रेस क्षेत्र न. ४ को क्षेत्रिय पार्टी कार्यालय बनखेतमा नेता कार्यकर्ताहरुले फूलमाला अबिर सहित बिपिको तस्बिरमा माल्यार्पण गरेका थिए ।