पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्धन्द्ध पत्रकारिताको एक दशक’ नामक पुस्तकबारे प्रेस क्लव धनगढीमा लेखक संग संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
सुदुरपश्चिमको धनगढीबाट अढाई दशक देखि नेपाली पत्रकारितामा सकृय पत्रकार उपाध्यायद्वारा लिखित ‘द्धन्द्ध पत्रकारिताको एक दशक’ नामक पुस्तक गत सात विमोचन भएको थिए ।
माओबादीले २०५२ सालमा शुरु गरेको जनयुद्द यता पत्रकारहरुका अनुभुतीहरु उक्त पुस्तकमा समेटिएका छन । उक्त पुस्तक पत्रकारहरुका लागी मात्रै नभएर सबैको लागी पठनिय दस्ताबेज भएको स्वय लेखक उपाध्यायको बुझाई रहेको छ ।
पुस्तकमा बिथोलिएको माओवादी आमसभा, पण्डौनले व्यहोरेको युद्ध, मुद्धा शान्तिमा बनबेहडा,सैन्य क्याम्पमा चार रात, आँखामा कैद आक्रमण, एफएम लुटिएको रात, निर्दोष मारिएका दुई घटना, न्यायको अपूरो लडाई, धम्कीले नडगेको कलम, बम गोलीसँग अभ्यस्त, कहिले मिल्ला न्याय, पत्रकारको सङ्घर्ष, देउवामाथिको त्यो आक्रमण लगायत शीर्षकमा त्यस बेलाको द्वन्द्वसम्बन्धीका २४ घटनाहरु समेटिएका छन् ।
संगम बुक्स पब्लिकेशनले पुस्तक बजारमा ल्याएको हो ।