अत्तरिया – गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले हामी गरीव हुनुको कारण मेहनती नहुँनु भएको बताएका छन । उनले हामी कोही पनि गरीब छैनौ तर मिहेनत नगर्नु हाम्रो गरिवीको मुख्य कारण भएको बताए ।
‘दिनभरी गफ गरेर पनि खान पुग्ने मान्छे कसरी गरिव हुन सक्छ, हामी कोही गरिव छैनौ ।’ नगरप्रमुख साउँदले भने –‘हामी श्रम गरिरहेका छैनौ । दिन भरी गफ गरेर बस्ने गरेका छौ । १० जनाको परिवारमा ३ जना केटाकेटी भएको र ७ जना कमाउने भएपनि हामी १/२ जना मात्रै काम गरिरहेका हुन्छौ । हामी सातै जनाले नै केही न केही काम ग¥यौ भने हामी कसरी गरिव हुन सक्छौ ।’ उनले विकसित भनीने देशका नागरिक पनि १८ घण्टा काम गरिरहेका छन काम नगरे खान नपाउने अवस्था रहेको छ तर हामी काम नगरी पनि खान पुगेकाहरुले नै गरिव भयौ भनेर हिन्ने गरेको बताए ।
कैलालीको गोदावरी नगरपालिका १ अत्तरियामा बुधबार माछापुच्छ्रे बैकंको उद्घादन कार्यक्रममा बोल्द नगरप्रमुख साउँदले अहिले बैकहरु लगानी गर्न तयार भएपनि हाम्रो मेहनत नगर्ने गरिवीका कारण पछाडी परिरहेको बताए ।
नेपालमा ८ घण्टा काम गरे हुन्छ
नगरप्रमुख साउँदले अहिले हामी स्वदेशमा केही काम गर्ने भन्दा पनि बैदेसीक रोजगारीलाई बढी प्राथमीकता दिदाँ समस्या झन बढेको बताए । ‘बिदेश गएर हामी अहिले पनि १० देखि १८ घण्टा सम्म काम गर्न तयार हुन्छौ, नेपालमा भने ८ घण्टा पनि काम गर्न सकेका छैनौ ।’ नगरप्रमुख साउँदले भने –‘ नेपालमा १८ घण्टा काम गर्नै पर्दैन सिमित ७÷ ८ घण्टा पनि काम गर्ने हो भने हाम्रो घरको विकास , सामाजको विकास , नगरपालिकाको विकास सहजै हुने छ ।’
उनले अहिले साहास, हिक्मत भएर सशक्त रुपमा हुर्केका युवालाई हामी विदेश पठाउँदा देशको विकास पछाडी धकेलिएको बताए ।
कृषिकालाई जोड दिनुपर्छ
हामी किन गरिव छै भन्ने बिषयमा भाषणको लामो समय खर्चेका नगरप्रमुख साउँदले गोदावरी नगरपालिकाको विकासका लागि कृषिलाई मुख्य प्राथमिकता दिएको बताए । उनले गोदवरी नगरपालिका रोजगार बृद्धिका लागि कृषिलाई प्राथमिकता दिएर अगाडी बढ्न चाहेकाले बैकहरुले पनि त्यसमा साथ दिनुपर्ने बताए । उनले बेरोजगार रहेका युवालाई स्वदेशमै कृषिको माद्यमबाट स्वरोजगार बनाउन सकिने बताए । बैकहरुले पनि अब सहर केन्द्रित नभएर गाउँ गाउँमा कृषिका योजनालाई सहज रुपमा कर्जा दिनुपर्ने बताए । उनले नेपालमा समुद्र बाहेक विश्वमा पाईने सबै कुरा भएकाले हामी साधन श्रोतले सम्मन्न रहेको बताए ।
उनले अत्तरिया क्षेत्रमा निजी बैंकहरुको उपस्थिति बढ्दै जानु राम्रो भएको बताए । उनले सरकारी बैकभन्दा पनि निजी बैकले राम्रो सेवा दिईरहेको भन्दै निजी बैंकको प्रशन्सा गरे । ‘सरकारी बैकहरुमा ऋिण लिनको लागि कमिसन दिनुपर्ने ३/४ महिना धाउनु पर्ने बाद्यता अझै पनि कायमै छ । अहिले पनि राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंकहरुमा भिडभाड पनि निकै हुने गरेको छ ढिलासुस्ति पनि छ ।’ नगरप्रमुख साउँदले भने– ‘ति समस्या सामाधानका लागि निजी बैक अगाडी बढ्न आवश्यक छ ।’
बैक उद्घाटन कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महोतले बैकको लक्ष्य स्थानियलाई व्यवसायी बनाउने रहेको बताए । उनले बैंकको उद्देश्य पुरा गर्नका लागि यहाँको साधन श्रोतको उपभोग गर्न सक्नुपर्ने बताए । पुर्व सांसद समेत रहेका महोतले अत्तरिया क्षेत्रमा धेरै बैंक भएको भन्ने गरिएको भएपनि अहिले पनि ४० देखि ५० प्रतिशत जनाताको मात्रै बैंकिङ क्षेत्रमा पहुच पुगेको बताए ।
कार्यक्रममा अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष टिका दत्त जोशीले तल्लो वर्गलाई बैकहरुले विशेष प्राथमिकता दिनुपर्ने बताए ।
१ सय ४३ शाखाको रुपमा अत्तरियामा स्थापना भएको बैकको गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले रेवन काटेर उद्घाटन गरेका थिए । त्यस्तै बैकले सोहि कार्यक्रममा एटिएमको पनि सुरुवात गरेको छ । एटिएमको गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाहीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अत्तरिया क्षेत्रका राजनीतिक दलका प्रतिनिधि , सामाजसेवी , बिभिन्न संघ सस्थाका प्रतिनिधि , नेपाली सेना , शसस्त्र प्रहरी, नेपाल प्रहरीका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रमको संचालन दिनेश बोहराले गरेका थिए ।