कैलालीको गोदावरीबाट १६ किलो १८० ग्राम लागू औषध (चरेश ) सहित एक महिला पक्राउ परेकी छन् ।
शनिबार अपरान्ह गोदावरी नगरपालिका वडा नं. ०२ तेघरी खानेपानी टोल बाट बझाङ को बुंगल घर भएकी ४५ बर्षिया मंगली देबी धामी पक्राउ परेकी हुन ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी गंगा बहादुर थापा को कमान्डमा गएको प्रहरी टोलीले उनकै घरबाट चरेस सहित पक्राउ गरेको हो ।
प्रहरीले धामीको घरमा लागु औषध (चरेश) को ओसार पसार तथा कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
उनको साथमा चरेस नापतौल गर्ने तराजु सहित प्रहरीले बरामद गरेको छ । घटना को थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
थापा को कमान्ड
ईलाका प्रहरी कार्यालय मालाखेती को कमान्ड डिएसपी थापाले सम्हाले यता गोदावरीमा लागु औषध कारोबारी समाउने क्रम तीब्र पारिएको छ ।
यस्तै होटेलमा हुने अनैतिक क्रियाकलाप निर्मुल पार्न थापा को टिम सकृय रहेको छ । होटेलहरुमा दैनिक छाप हानेर व्यावसायिक रूपमा नै यौन क्रियाकलाप गराउने होटेल संचालक माथी निगरानी समेत बढाउन थालिएको छ ।
थापा को टिम जुवातास खेलाउने गिरोह को पनि सुक्ष्म निगरानी राख्दै आएको छ ।
यद्यपि अहिलेसम्म ठूलो जुवातास फेला नपरेको प्रहरी स्रोत को भनाई रहेको छ ।